काममा मेहनत गर्न प्रोत्साहन गर्ने प्रेरक भनाइहरु

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै ११ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी ११ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

काम गर्दा-गर्दा दिक्क मान्नुभएको छ ? या कडा मेहनतले थाक्नुभएको छ ? यदि त्यसो हो भने पनि यहाँ केही यस्ता भनाइहरु राखिएको छ, जसले तपाईंलाई कडा मेहनत गर्नको लागि फेरी घच्घचाउने छन् ।

♦सपना जादुले गर्दा यथार्थमा परिणत हुँदैन । त्यसको लागि पसिना र लगनशीलताको आवश्यकता पर्छ।

♦ आत्मविश्वास र काममा कडा मेहनतले नै सफलता दिलाउँछ।

♦ बिहान छिट्टै उठ, कडा मेहनत गर र सकारात्मक सोंच । यसो गर्दा तिम्रो दिन सबैभन्दा राम्रो हुन्छ।

♦ सफलता भनेको लगनशीलताको परिणाम हो। यदि लगातार रुपमा मेहनतका साथ काम गर्यौ भने तिमी सफल बन्छौ।

♦ तिम्रो भित्री रुचीलाई पछ्याऊ, त्यसको लागि कडा मेहनत गर्न तयार होऊ, त्यसको लागि गर्नुपर्ने त्यागको लागि तयार होऊ र आफ्नो सपनालाई कसैलाई नियन्त्रण गर्न नदेऊ।

♦कडा मेहनत र अनुशासन बिना व्यवसायिक बन्न असम्भव हुन्छ।

♦बाटोमा अवरोध देखेर आफूलाई नरोक। यदि हिंड्दै जाँदा पर्खाल देख्यौ भने, नफर्क। त्यो पर्खाललाई नाघेर वा चढेर, कसरि अगाडी बढिन्छ, त्यो सोंच्न थाल।

♦ भगवानले ती व्यक्तिहरुलाई मात्र सहयोग गर्छन्, जसले कडा मेहनत गर्छ।

♦जब तिमी काममा रमाउँछौ, तब काम सबैभन्दा राम्रो बन्छ।

♦ कडा मेहनतको विकल्प केही पनि छैन ।

♦ जब मानिसहरुले ममाथि विश्वास गर्दैनन् , मलाई रमाइलो लाग्छ। किनकी त्यसले गर्दा म अझ मेहनत गरेर काम गर्न थाल्छु र उनीहरुलाई गलत सावित गरिदिन्छु ।

प्रतिक्रिया दिनुहोस