वास्तुशास्त्रका अनुसार बाटोमा भेट्टाएको पैसाले कुनै पनि व्यक्तिको भाग्य बदल्न सक्छ

प्राय जसाे मानिसले कहिलेकाहीं अचानक बाटाेमा पैसा भेटाउने गर्दछन् । तपाईं हामीले पनि कहिलेकाहीँ बाटामा हिड्दा पैसा देखेपछि टिपनु स्वभाबिक नै हाे । वास्तु शास्त्रका अनुसार यसरी भेटिएको पैसाले आफ्नाे व्यक्तिगत कामभन्दा पनि कुनै मठ मन्दिर या पित्त्रिकाे नाममा आन्न किनेर दान गरेकाे अवस्थामा घरमा धन सम्पत्ति वृद्धि हुने शास्त्रमा उल्लेख गरिएकाे छ ।

प्राय कुण्डलीमा शुक्र र चन्द्रमा बाट बन्ने लक्ष्मी याेग तेस्तै बृहस्पति र चन्द्रमा मिलेर बनाउने गजकेशरी याेग या चन्द्र मंगल मिलेर बनाउने महालक्ष्मी याेग भएका हरुका लागि माता लक्ष्मीकाे विशेष कृपा हुनेभएकाले अचानक पैसा भेटाउने याेग निर्माण हुने वास्तु शास्त्री बताउँछन् ।

यसरी भेटाएकाे पैसा आफ्नाे निजी काम भन्दा पनि समाजकल्याणमा लगाउन सकियाे भने राम्राे कार्य सिद्ध हुने शास्त्रमा उल्लेख गरिएकाे छ । भेटाएकाे पैसा नाेट या सिक्का दुवै हुन सक्छ । यदि सिक्का भेटाएकाे अवस्थामा आफ्नाे पुजा या तिजाेरिमा राख्न सके घरमा धनकाे वृद्धि र त्येहि पैसाले सह रहने र कहिल्यै पनि लक्ष्मीले साथ नछाड्ने कुरा उल्लेख गरिएकाे छ ।

कहिलेकाही मन्दिरमा जाने क्रममा पैसा भेटाउने गरिन्छ यस्ताे अवस्थामा मन्दिरमा चढाए नवग्रहकाे आशिर्वाद प्राप्त हुने शास्त्रमा उल्लेख गरिएकाे छ। मानिसले भेटाएकाे पैसा घरमा ल्याउन नहुने पनि भनेकाे सुनिन्छ घरमा ल्याउदा कुनैप्रकारकाे समस्या नहुने र घाटा नहुने विज्ञहरुकाे भनाइ छ

प्रतिक्रिया दिनुहोस