अचम्मको घटना ! किरिया बसेको नौ दिनमा जीवितै भेटिएपछि…सबै तर्सिए

ल्पा। शनिवार कि’रिया बसेको नौ दिन । श्रीमती र छोरा कि’रियामा थिए । आइतबार १० दिन हुने । त्यो दिन कि’रिया कर्मको लामो हुने भएकाले परिवार र आफन्त तयारीमा थिए । बिहान सात/आठ बजे पाल्पाको रैनादेवि छ्हरा गाउँपालिका १ अर्चलेमा क्रि’रिया गरिएका व्यक्ति जिवित फेला परे । उनी थिए रुरु गाउँपालिका ५ बम्घा बस्दै आएका ६६ वर्षिय श्यामशरण भण्डारी ।

उनी भेटिने बित्तिकै वडाध्यक्ष हरिप्रसाद ज्ञवालीलाई स्थानीयले खबर गरे । त्यहाँ पुगेका छिमेकी र गाउँलेहरुले मृ’त भनिएका भण्डारीलाई जिवित देखेर चकित परे । ‘खबर पाएको केही बेरमा अर्चले पुगेर मान्छे जिवित देख्दा अचम्म परियो,’वडाध्यक्ष ज्ञवालीले भने,‘आजै किरिया बसेका नौ दिन भएका थिए ।’ त्यसपछि उनले आफन्त र प्रहरी प्रशासनलाई खबर गरेर ती व्यक्ति परिवारलाई लगेर शनिबार साँझ बुझाएको जानकारी दिए ।

उनी २०/२५ दिनदेखि घरमा थिएनन्

गुल्मीको रुरु गाउँपालिका ५ बम्घा बोटेगाउँका भण्डारी बिगत २०/२५ दिनदेखि घरमा थिएनन् । उनी गाउँमा सात÷आठ बर्षदेखि एक्लै बस्थे । श्रीमती र छोरा रुपन्देहीको मणीग्राममा बस्छन् । छिमेकीका अनुसार उनीहरुको पारिवारीक सम्बन्ध राम्रो थिएन् । गाउँमा लामो समय ह’राएपछि छिमेकीले भण्डारीलाई गाउँ र आफन्तकोमा खोजे पनि । वडा कार्यालय र प्रहरी प्रशासनमा जानकारी समेत गराए तर भेटिएनन् ।

जब बढिगाड नदीमा श’ब भेटियो

गत १९ असारमा रुरु क्षेत्र गाउँपालिकाको बम्घा र रिमुवा नजिक बढिगाड नदिमा एक पुरुषको श’व खोलाले बगाएको अवस्थामा फेला पर्‍यो । शरिरमा लुगा नभएकाले चिन्न सजिलो थिएन् । भण्डारी ह’राएकाले स्थानीयले अनुमान गरे । प्रहरी र आफन्तलाई खबर भयो । त्यो श’बसंग भण्डारीका धेरै कुरा मिलेकाले छिमेकी र परिवारले स्विकार गरेको छिमेकी धाता पाण्डेयले बताए । ‘मान्छे सवै उस्तै थिए, मैले मात्रै होइन, परिवार र सिंगो गाउँले श्यामसरण भनेका हुन,’उनले भने,‘आज सपना जस्तै भएको छ ।’ गाउँ र परिवारले स्विकार गरेपछि प्रहरीले मु’चुल्का गरे । भेटिएकै दिन प्राथमिक स्वास्थ्य केन्द्र खैरेनीमा श’वको पोष्टमार्टम भयो । परिवार र छिमेकीले रुद्रवेणीको घाटमा २० असारमा दा’हसंस्कार गरे ।

परिवारले धन्यवाद समेत दिएनन्

रुरु क्षेत्र गाउँपालिका १ रिडीबाट पत्रकार चुरामणी तिमल्सेनासहितको टोली ती भेटिएका व्यक्तिलाइै लिएर वुटवल परिवारसम्म गए । तिमल्सेनाका अनुसार शनिबार साँझ ६ बजेतिर घर पुग्दा थुप्रै मान्छेको भि’ड थियो । केही बेर आफन्तहरु ड’राए पनि । पत्रकारले बुझाएको फोटो खिच्न खोजे स्थानीयले दिएनन् भने प्रतिक्रया पनि जनाएनन् । धेरैबेर भनाभन समेत भयो । ‘कस्तो अनौठो मान्छे भेटिएर घरमा पुराउँदा धन्यवाद समेत पाइएन,’उनले भने,‘परिवार भेटिएर खुसी देखिएनन्, कारण भगवानले जानुन् ।’ मृ’त भनिएका श्यामशरण परिवारलाई बुझाएर पत्रकार तिमल्सेनाको टोली फर्किएको छ । सानोबुवा जिवित भएको घ’टनाले आफुहरु पनि अचम्ममा परेको आफन्त बिष्णु भण्डारीले बताए । उनले आफुहरु थप त’नावमा भएको भन्दै धेरै प्रतिक्रिया दिन मानेन् ।

प्रतिक्रिया दिनुहोस