सधै पढ्छु मोबाइल हेरेर भन्थ्यो छोराले जब कर्तुत थाहा पाए छोराको आमाबाबु धरधरी रोए !

काठमाडौं । सामाजिक सञ्जाल र प्रविधिमा अहिले युवा पुस्ता निकै ब्यस्त हुन्छन् । सामाजिक संजाल र प्रविधि विना युवाले अहिले जिवनको कल्पना पनि गर्न सक्दैनन् । अहिले लकडाउनको समयमा इन्टरनेट सबैभन्दा नजिकको साथी भएको छ । सबै इन्टरनेटको प्रयोग गरेर सामाजिक सञ्जाल र अनेक गेममा भुलीरहेका हुन्छन् ।

इन्टरनेटको माध्यमवाट खेलिने गेमको लतमा धेरै युवा युवती फसेका छन् । उनीहरुलाई त्यो लतवाट बाहिर निकाल्न नसकेर अभिभावक हैरान भएका छन् । जतिवेला पनि गेममै ब्यस्त हुने बालबालिका र युवायुवतीहरु असामाजिक बनिरहेका छन् । उनीहरुलाई घर वरपरको वातावरणमा के भइरहेको छ भन्ने पनि थाहा छैन ।

गेमको लत यस्तो सम्म हुन्छ की मानिसले कसरी बर्बाद हुँदैछु भन्ने पनि थाहा पाउँदैन । हालै पब्जीका कारण एक युवाले आफ्नो बुवा आमाको सम्पत्ती पनि स्वाहा बनाइदिएका छन् । भारतमा कतिपय राज्यमा पब्जीलाई बन्देज गरिएको छ । युवायुवती विग्रन थाले भन्ने गुनासो आएपछि भारतमा केही राज्यमा पब्जी खेल्न प्रतिबन्ध लगाइएको छ ।

भारतको पन्जाबमा एकजना किशोर पब्जीको लतमा यति नराम्रोसँग फसेछन् कि उनले पब्जी खेलेरै बाउआमाको २७ लाख नेपाली रुपैयाँ बराबरको पैसा स्वाहा पारिदिए । छोराले त्यती धेरै रकम पब्जीमा उडाउँदा पनि आमाबुवाले थाहा पाएनन् ।

समाचार अनुसार इन एप पर्चेजेज तथा अपग्रेडिङका लागि मात्र १६ लाख भारु रुपैया खर्च गरिदिए । बुवा आमाले चलाउने बैंकको एकाउण्ट पनि इन्टरनेट मार्फत पहुच बनाएका उनले त्यती धेरै रकम स्वाहा पारिदिएका हुन् । बुवा आमाको ३ वटा बैंक एकाउण्टवाट उनले पैसा सकिदिए । पब्जी मोबाइलमा लत बसेका उनले एपमै पैसा खर्चका लागि बुवा आमाको तिनैवटा अकाउन्टको प्रयोग गरे ।

मोवाइलमा मात्र भुलीरहने छोराका बारेमा जतिवेला उनीहरुले ख्याल राख्न थाले त्यतीबेला पैसा उडिसकेको थियो । उनले पढ्नको लागि भन्दै मोवाइल चलाएको आमाबुवालाई बताउने गरेका थिए । पब्जी मोबाइलको इनएप पर्चेजेजका अलावा उनले गेम खेल्ने क्रममा खेल्ने साथीहका लागि समेत अपग्रेड किनिदिने गरेका थिए ।

जब ती किशोरका बाबुआमाले आफ्ना बैंक अकाउन्टबाट १६ लाख भन्दा धेरै भारु खर्च भएको देखे तब उनीहरुको होसहवास उड्यो । पछि त्यसको अनुसन्धान गर्दै जाँदा छोराले नै यस्तो बदमासी गरेको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस