घरको छतबाट आवाज आइरहन्थ्यो, ६ महिना वास्तै गरिनन्, ६ महिनापछि हेर्दा‘

एजेन्सी। छतबाट अनौठो आवाज आइरहन्थ्यो । ६ महिनादेखि यस्तो चलिरहेको थियो । एक दिन यसको जाँच गर्दा यस्तो वास्तविकता खुल्यो कि खुट्टामुनिबाट जमिन नै भासियो । घटना अमेरिकाको जर्जियाको हो । यहाँकी लीजा नाम गरेकी एक महिलाको घरबाट यस्तो चीज निस्कियो जसलाई देखेर जो कोही चकित परे । लिजाले जब पहिलो पटक यो घरमा आउँदा यो आवाज सुनिन् उनले वास्ता गरिनन् । उनले सोचिन् यो बाहिरको आवाज होला । तर आवाज बन्द भएन । हेर्दा हेर्दै ६ महिना बिते । लिजाले लगातार आवाज आइरहेपछि यो के रहेछ भनेर जान्ने चेष्टा गरिन् । उनले सहयोगको लागि विशेषज्ञ बोलाइन् ।

जब एक्सपर्टले घरको निरीक्षण गरे तब थाहा भयो घरको सिलिङमा एक लाखभन्दा धेरै माहुरीले डेरा जमाएर बसेका थिए । यस क्रममा उनीहरुले छतमा झण्डै २७ किलो मह जम्मा गरेका थिए । विशेषज्ञले धुवाँको सहयोगले माहुरी उडाए र छतमा बनेको प्लाइउडको खाली ठाउँलाई पूरै बन्द गरिदिए ताकि यहाँ माहुरी फेरि आउन नसकुन् ।

यो पनि:त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

प्रतिक्रिया दिनुहोस