यी ३ बार भुलेर पनि कपाल र नङ नकाट्नुस्,अशुभ हुन्छ

नेपालमा आफ्नो आफ्नो धर्म ,परम्परा तथा सस्कृति अनुसार फरका फरक किसिमको रुढीबादी मान्यताहरु रहेका छन् । कसैले के गर्नु नहुने , कुन दिन के गर्न नहुने भन्ने जस्ता मान्यताहरु रहेका छन् ।त्यसैसगँ सम्बधित आज हामी हप्ताको ७ बार मध्ये कुन बार के गर्नु हुन्छ र के गर्नु हुदैन् भनने विषयमा कुरा गर्न गइरहेका छौ । यसै अनुसार तपाइको घरमा अग्रजहरुले मंगलबार, बिहिबार अनि शनिबार कपाल काट्नु हुन्न भनेको त सुन्ने गरेकै छौं होला ।तर तपाईलाई यो बारेमा ख्याल नै गर्नुभएको थिएन् होला । त्यसैले आज हामी यसको रहस्य खोल्न गइरहेका छौ । हिन्दु धर्म ग्रन्थका अनुसार हप्ताको ३ बार नङ र कपाल काट्न नहुने कुरा बताइएको छ । के छ कारण हेर्नुस् ।

सुरुवातमा मगंलबारबाट हेर्नुस्

धर्म ग्रन्थका अनुसार यदि तपाई मंगलबार नङ काट्नु हुन्छ भने तपाईको परिवारमा मन मुटाब बढ्न सक्छ भने तपाईको शरीरमा रक्त नाली सम्बन्धि समस्या बढेर जान्छ । साथै यस बार कपाल काट्नु भएमा तपाईको धन हानी समेत हुने विश्वास गरिन्छ । तपाईको कुण्डलीमा मंगल ग्रह कम्जोर रहेको छ भने तपाईले यस दिन निषेधित कार्य गर्नु भएमा मंग ल ग्रहको कृपा कम हुने साथै अशुभ फल मिल्न शुरु रहने विश्वास रही आएको छ ।

त्यसैगरी दोस्रोमा विहीबार हेर्नुस्

यो बार यदि तपाई नङ काट्नु हुन्छ भने तपाईको अध्ययनमा सफलता मिल्न गार्हो हुने ज्योतिस शास्त्र बताउने गर्छ । तपाईलाई नङ काट्नाले यस दिन पेट सम्बन्धि समस्या समेत बढेर जाने विश्वास गरिन्छ । यस दिन कपाल काट्न समेत अशुभ मानिन्छ । यस दिन तपाईमा गलत उर्जा पैदा हुने हुँदा तपाईको दाम्पत्यजीवनमा प्रतिकुल असर पर्ने गर्छ भन्ने विश्वास गरिन्छ ।

त्यसैगरी तेस्रोमा शनिबार के हुन्छ हेर्नुस्

यो दिन यदि तपाई नङ काट्ने गर्नु हुन्छ भने तपाईको आयु घटेर जान्छ भन्ने विश्वास रही आएको छ । साथै यसो गर्दा तपाईको धर्म दरिद्रता समेत बढेर जान सक्छ । शनिबार तपाईले कपाल काट्दै हुनुहुन्छ भने तपाईमा गलत विचार हावी रहन सक्ने कुराको ज्योतिष शास्त्र बताउने गर्छ । साथै यस दिन कपाल काट्नाले तपाईमा हड्डी सम्बन्धि समस्या बढेर जाने हुन्छ । त्यसैले यसबार बाहेक अन्यबार मात्र कपाल तथा नङ काट्ने गर्नुस् ।

प्रतिक्रिया दिनुहोस