बुधबारका दिन भगवान कृष्णको पुजा गरेमा यस्तो लाभ मिल्ने छ

काठमाडौँ – हिन्दुधर्मअनुसार बुध ग्रहलाई विष्णुको अवतार मानिन्छ ।बुधको दिशा उत्तर हो भने उत्तर दिशामा कुबेरको स्थान रहेको हुन्छ ।यदि तपाईको घरमा आम्दानीभन्दा बढी खर्च भएको छ भने बुध ग्रहलाई पुजा गर्नुहोस् । बुधबार विष्णु भगवानको पुजा आरधना गर्नाले विद्या, धन तथा व्यापारिक उन्नतिको साथै बुढेसकाबाट टाढा रहन सकिन्छ। बुधलाई महत्वपूर्ण तथ्यहरु वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक को रुपमा मानिन्छ ।

बुधबारको दिन हरियाली घाँसपात खोजेर वस्तुभाउलाई खुवाउने ।हरियो चना भिजाएर बुधबारको दिन चराचुरुङ्गीलाई खुवाउने ।बुध ग्रहको अशुभफललाई शुभमा परिवर्तन गर्न गणेशको पुजा गर्ने ।नौ वर्ष भन्दा कम उमेरका कन्याका खुट्टा धोएर उनीहरुबाट आर्शिबाद लिने ।१।बुध ग्रहलाई प्रसन्न बनाउनको लागि भगवतीको पुजा गर्ने ।

प्रतिक्रिया दिनुहोस