शंकटा मन्दिरको दर्शन गर्दै २०७७ साल साउन ३ गते शनिबारको राशिफल हेर्नुहोस्

मेष राशि : घर परिवारमा कलहको वातावरणले वा आमाको स्वास्थ्यमा समस्या हुने कारणले गर्दा आर्थिक हानिको साथै मनमा अशान्ति छाउने छ । यात्राको अवसर भने मिल्न सक्नेछ । व्यवसाय मध्यम हुनेछ ।

वृष राशि : आर्थिक पक्ष राम्रो छ । फसेको धन वा कसैले सापटी लगेको धन पाउने समय छ । दाजुभाइ दिदीबहिनीसँगको सम्वन्ध राम्रो भएर जानेछ । पराक्रम बढ्नुका साथै ठुला व्यक्तिले प्रशंसा गर्नेछन् ।

मिथुन राशि : बोल्दा विचार गर्नुहोला अन्यथा वोलीको कारण मनमुटाव हुन सक्छ दाँत वा घाटीमा समस्या देखापर्न सक्नेछ । आउँदै गरेको धन रोकिन सक्छ । मन असन्तोष हुनेछ

कर्कट राशि : व्यत्तित्वको प्रभाव राम्रो हुनुका साथै अरुको मन सजिलै जित्न सकिनेछ । पराक्रम वढेर जानेछ । काममा प्रशंसा प्राप्त हुनुका साथै पुरस्कारहरु पाउन सक्नुहुनेछ । मन सम्मानमा वृद्धि हुनेछ ।

सिंह राशि : समय राम्रो छैन अर्थिक हानि वा बहुमुल्य सामान हराउन सक्छ । गरेको काममा वाधा अड्चन देखा पर्न सक्नेछ । सामान्य स्वाथ्यमा पनि समस्या देखापर्न सक्छ ।

कन्या राशि : देश विदेश वाट लाभलिन सक्ने समय छ दाजु वा दिदीको सहयोगले महत्वपूर्ण काम वन्नेछ । आर्थिक लाभ साथै काममा सहकर्मीहरुबाट हौसला मिल्ने‍छ । सहयोग गर्ने हरु भेट्न सक्नुहुनेछ ।

तुला राशि : गरेको काममा सफलता हात पर्ने छ । सहयोग गर्ने व्यक्तिको कारण कामहरु वन्नेछन् । थोरै मेहनतमा पनि ठुलो सफलता हात पर्ने छ । दिन राम्रो छ मन खुशी हुनेछ ।

वृश्चिक राशि : भाग्यमानी वन्नुहुनेछ । रोकिएको काम बनेर जानुका साथै नयाँ पाटनरहरु काममा आउने छन् । व्यपार व्यवसाय वाट राम्रो लाभ हात पार्नुहुनेछ । नयाँ व्यापार वा व्यवसायमा लगानी गर्ने विचारमा हुनुहुन्छ भने समय राम्रो छ ।

धनु राशि : गुप्त विद्या प्राप्त हुनेछ । चोटपटकको सम्भावना छ संम्यमता अपनाउनुहोला । शत्रुको कारण काममा बाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा मनमुटाव हुन सक्नेछ ।

मकर राशि : व्यपार व्यवसाय राम्रो हुनुका साथै आर्थिक लाभ सोचेभन्दा राम्रो हुने छ । दाम्पत्य जीवनमा भएको समस्या हटेर जनेछ । तथा दाम्पत्य जीवनको राम्रो सुखभोग गर्न पाउनु हुनेछ ।

कुम्भ राशि : शत्रु वृद्धिहुनुका साथै काममा वाधा पार्नेछन् संम्यमित भएर काम गर्नुहोला । लगानि गर्नु पूर्व धेरै विचार गरेर मात्रगर्नु होला अन्यथा लगानी खेर जानसक्छ ।

मीन राशि : सन्तान सुख पाउने तथा विद्यार्थीको लागी अध्ययन क्षेत्र राम्रो भएर जानेछ । बुद्धि वढ्नुका साथै तपाइको वुद्धिको अरुले तारिफ गर्ने छन् । प्रेममा पनि राम्रो भएर जानेछ ।

प्रतिक्रिया दिनुहोस