श्रावण महिनाको राशिफल: यी राशिका लागि अशुभ !

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ)–

आत्मवल कमजोर हुँने हुँदा चुनौतिको सामना गर्न कठिन हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ भने स्वास्थ्य सम्बन्धि समस्या बढ्ने हुँदा खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको आ’लोचनात्मक समर्थन पाईनेछ ।

घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ भने कृषि तथा पशुपालन व्यवसायमाला लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । तर पनि महिनाभर बुध, शुक्र र मंगलको अनुकुल प्रभावले व्पापारमा लगानि गरि धन आर्जन गर्न सकिनेछ भने आकश्मिक रुममा धन सम्पति वृद्धि हुनेछ । अध्ययन अध्यापनमा समय दिन सक्दा राम्रो स्थान प्राप्त हुनेछ । सन्तानको प्रगति देख्न पाईने तथा वंश वृद्धिको गतिलो योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वो)–

मु द्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । विद्या तथा प्रतिष्पर्धामा प्रतिस्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।

दाजुभाई तथा छिमेकिसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । बादबि’वाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अ’न्धविश्वास तथा कुसंस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपूर्ण भमिका निर्वाह गर्नेछ ।

व्यापार व्यवसाय फस्टाएर जानेछ भने उद्योगधन्दामा लगानी गरि मनग्गे आम्दानि बढाउन सकिनेछ । खाद्यान्न तथा मेडिकलका सामान उत्पादन गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

समाजमा प्रतिष्ठित काम गर्ने अवसर आउने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन गर्न सकिने तथा स्थाई सम्पत्ती जोड्न सकिनेछ । कला साहित्य क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय राम्रो रहेको छ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)-

पारिवारिक असमझदारीले बिभिन्न किसिमका समस्याहरु उत्पन्न हुनेछ भने कुटुम्बसँग मनमु टाव बढ्ने हुनाले तपाईदेखि टाडिने अधिक सम्भावना रहेको छ । साथीहरुको लहैलहैमा लाग्नाले पढन पाढनमा अरुभन्दा पछि परिनेछ ।

प्रेम सम्बन्धमा एकले अर्कालाई शं’का गर्नाले मनमु’टाव बढ्नेछ । तर पनि अन्य ग्रहको अनुकुल प्रभावले विज्ञापन तथा प्रचार प्रसारमा समय दिँदा मात्र व्यापार व्यवसायमा आम्दानि बढाउन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा भाषण कलाको माध्यामबाट मनग्गे धन तथा आभुषण प्राप्त गर्न सकिनेछ ।

काउन्सेलिङ,मोटिभेषन तथा गीत संगीतमा समय दिनेहरुका लागि यो महिना फलदायि रहनेछ । राज्यसँग नजिक भएर काम गर्नेहरुले राज्यबाट सम्मानित हुने समय रहेको छ । खनिज पदार्थ,मेडिकल,सुन चाँदी तथा खाद्यान्नसँग सम्बन्धित व्यापारमा वृद्धि हुनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो)–

राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । गरेका कामहरु समयमा सम्पादन नहुँदा मानसिक तनाव बढ्नेछ । चाहेको उदेश्य प्राप्त गर्न बढी नै समय खर्च गर्नु पर्नेछ । बुध,शुक्र तथा मंगल ग्रहको अनुकुल प्रभावले आफ्नो क्षेत्रमा आफ्नो वर्गलाई नेतृत्व प्रदान गर्न सकिनेछ ।

माया प्रेमको गाठो कसि लो भएर जानेछ भने जुझारु साथीहरुको संगतले नयाँ कुराको खोज तथा अनुसन्धान गर्ने जागर आउँनेछ । विद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तव्यमा पुग्न सकिनेछ ।

नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईको वक्तव्य कलाको प्रभावले समाजमा सकारात्मक तरङ्ग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । आलोचक तथा प्रतिस्पर्धिहरुलाई राम्रो कर्म गरि प्रेणा दिन सकिनेछ ।

सिंह (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे)–

लगानीको तुलनामा आम्दानी न्यून हुनाले आर्थिक व्यवस्थापन गर्न मुस्किल पर्नेछ । बाद वि’वाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरु नै हाबी हुने योग रहेको छ । सरकारी तथा प्रसासनिक काममा ढिलासुस्तिको चपेटामा परिनेछ । विदेशमा सञ्चालित निकाए तथा सस्थाहरुमा काम पाउने तथा पदोन्नती हुने प्रशस्त सम्भावना रहेको छ ।

विदेशमा बसेर समय तथा रुपैयाँ पैसा लगानि गर्नेहरुले प्रशस्त आम्दानि गर्ने योग रहेको छ । महिनाभर नै शुक्र,बुध तथा मंगलको अनुकुल प्रभावले नया नया कामको प्रस्ताव आउनेछ भने पुराना थाति बसेका कामहरु बन्ने हुनाले काम गर्न जोस जागर बढेर आउनेछ ।

अध्यन अध्यापनमा सुधार भएर जानेछ भने आफ्नो ज्ञानलाई निखार्ने सकिनेछ । सुन्दर तथा विलाशिताका सामान प्रयोग गरि अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको मन जित्न सकिने हुनाले पद प्राप्तीको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार हुनेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ ।

कन्या (टो, पा, पी,पु,ष,ण,ठ,पे,पो)–

विभिन्न अवसरले पछ्याउने तथा रोजगारि पाउने समय रहेको छ भने परिवारजनको आवश्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । औ’षधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ ।

भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृढ हुनेछ । अध्यनमा प्रगति हुने हुँदा विद्यार्थी वर्गका लागि यो महिना फलदायी रहनेछ । सरकारि तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ ।

राजनिति तथा समाजसेवामा प्रतिस्पद्र्धीहरुलाई किनारा लगाउदै पद प्राप्त गर्न सकिनेछ भने समाजमा कृतिमानी काम गरि मान सम्मान तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । तर पनि बाहिरी वातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला । खर्च बढ्ने योग रहेको छ ।

तुला (रा, री रु, रे, रो, ता, ती, तू ,ते)–

राज्यभावमा गोचर गर्ने सूर्यले कर्म प्राप्तीका लागि गरिने कुनै पनि पेशा व्यवसायबाट आम्दानि हुनेछ । राजनिति तथा समाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुँदा पद प्राप्तिको गतिलो योग रहेको छ भने समाजिक कामहरु समयमा सम्पन्न गर्न सकिने हुँदा मान सम्मानमा वृद्धि हुनेछ ।

आफन्त तथा बिशिष्ट व्यक्तिको बिचारले प्रभावित तुल्याउनेछ । अध्ययन तथा अध्यापनमा समय दिन सकिने हुँदा सोचे भन्दा राम्रो नतिजा हात लाग्नेछ । नयाँ काम पाउने तथा आफन्त जनको सहयोगमा नयाँ काम गर्न सकिनेछ । नोकरिमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ ।

प्रणय सम्बन्ध सुदृढ भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । सवारि साधन,भुमि,तथा पैत्रिक धन सम्पत्तीको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरि आगामी दिनमा आम्दानी बढाउन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू)–

दौडधुपमा समय व्यतित भएपनि उपलब्धी भने न्यून हुनेछ । सरकारि कामकाजमा ढिला सुस्तिको चपे’टामा परिने तथा सरकारि सेवामा बसेकाहरुले समयमा काम नगर्दिनाले महत्वपूर्ण उपलब्धिहरु गुम्नेछ ।

समय तथा कामको तालमेल नमिल्दा काम आर्थिक रुपमा क मजोर भएको अनुभुति हुनेछ । माया प्रेममा मनमु’टाबको अवस्था सिर्जना हुनेछ भने घर परिवारमा आफन्तबिच सानो सानो कुरामा बि’वाद बढ्नेछ ।

आफ्नो बिषय भन्दा बाहिरको काम तथा चासोले समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । तर पनि खोज तथा अनुसन्धानको क्षेत्रमा तपाईको लगनी सुरक्षित रहनेछ भने अध्ययनमा चाहेजस्तो नतिजा हात पार्न सकिनेछ । निरन्तरको कर्मयोगले अन्य कुराहरु बिस्तारै मिल्दै जानेछन् । वौद्धिक क्षेत्र फराकिलो हुने तथा छोटो दुरिको धार्मिक यात्रा हुनेछ । समयले असल मित्र,शुभचिन्तक तथा सहयात्री मिलाउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–

स्वास्थ्यमा हाड,कम्मर,हाडजोर्नी, तथा आँखा सम्बन्धि सम’स्याले सताउनेछ भने हात ह’तियार तथा सवारि साधनको प्रयोग गर्दा सावधानि अपनाउनु होला । गो’प्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दा’ग लाग्न सक्छ ध्यान दिनुहोला । म’नोबल कम’जोर हने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानि नहुने तथा घर परिवार तथा पति पत्निबीच घरायसि कुरामा वि’वाद सिर्जना हुनेछ ।

नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बित्तिय क्षेत्रमा गरिएको लगानीमा भने केहि सुधारका संकेतहरु देखा पर्नेछन् । घर परिवार तथा आफन्त सँग घरायसि कुरामा राय बाजिनेछ भने जीवन साथीसँगको सम्बन्धमा चिसोपनाको बिकाश हुन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ती,सवारी साधन तथा निर्मात तथा मर्मतसम्भार सम्बन्धी काम गर्दा विशेष ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो, ख, खी, खू,खे, खो,गा,गी)–

घर परिवार तथा आफन्तसँग मनमु’टाव सिर्जना हुने योग रहेको छ । जीवन साथीसँग एक्कासि हुने मनमुटावले महत्वपूर्ण उपलब्धि गुम्न सक्छ ध्यान दिनुहोला । नयाँ ठाउँमा गएर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्यमा स
मस्या देखिन सक्छ ख्याल गर्नुहोला ।

माया प्रेममा मनमु’टाव सिर्जना भई नचाहादा नचाहाँदै छुट्टिनु पर्ने बाध्यता आउनसक्छ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने भएपनि जस नपाईने समय रहेको छ । साझेदारी व्यवसाय तथा संयुक्त लगानीबाट सञ्चालित सस्थाहरुमा मनमु’टाव बढने तथा आर्थिक व्यवस्थापन गर्न मुस्किल पर्नेछ । तरपनि नाँफा मुलक व्यवसायभन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ ।

भौतिक सम्पत्ती तथा विलाशि वस्तुको प्रयोग मार्फत अरुको ध्यान आफूतिर केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । फेन्सि,विलाशी तथा कलाकृतिसँग सम्बन्धित व्यावसायमा समय लगानी गर्नेहरुका लागि समयले साथ दिनेछ ।

कुम्भ (गू ,गे,गो,सा,सी,सू ,से,सो,दा)-

प्रतिश्पर्धाको ल’डाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ ।

अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउँदै निर्णायक तहमा पुगिनेछ भने राजनिति तथा समाजसेवामा जनतको पक्षमा काम गर्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । मुद्दा मामिला तथा न्यायलयवाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ ।

महत्वपूर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ । माया प्रेम तथा दाम्पत्य जीवनको गाँठो झन् कसिलो भएर जानेछ । पढाई लेखाईको क्षेत्रमा प्रतिस्पर्धिहरु भन्दा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

मावलि पक्षबाट तपाईले शुरु गर्नु भएको काममा आर्थिक सहयोग प्राप्त हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिँड्नेछन् । यो महिना उत्पादनमुलक व्यवसाय र निर्माण तथा हार्डवेयर सँग सम्बन्धित व्यवसायमा लगानी गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

मीन (दी,दू ,थ,झ,ञ,दे,दो,चा,ची)–

खानपान तथा बाहिरि वातावरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आई औ’षधि उपचार खर्च बढेर जाने तथा खानपानमा ध्यान नदिदा पेट सम्बन्धि स’मस्या बढ्न सक्छ । विशिष्ट व्यक्तिहरुको भेटघाटले नयाँ कुरा सिक्ने अवसर आएपनि सहि ठाउँमा प्रयोग गर्न नजान्दा आफैलाई घाटा हुनेछ ।

प्रतिक्रिया दिनुहोस