अकबरे खुर्सानी नियमित खानुस्, हुन्छ यस्तो फाइदा

सामान्यतया नेपालीको दैनिक भान्छामा खुर्सानीको प्रयोग गरिन्छ । खुर्सानीका कति गुण छन् भने कति अवगुण । तर खुर्सानी भित्र पनि विभिन्न जात हुन्छन् ।

ती मध्ये यहाँ हामीले अकबरे अर्थात डल्ले खुर्सानीको बारेमा चर्चा गरेका छौं । हुन त अकबरे खुर्सानी अन्य खुर्सानीको तुलनामा निकै पिरो हुन्छ । तर, यो खुर्सानी जति पिरो हुन्छ उत्तिनै स्वास्थ्यका लागि फाइदाजनक पनि ।

यस्ता छन् अकबरे खुर्सानी खानुका फाइदा

– अकबरे खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनुका साथै यसले हाडजोर्नी लगायतका दुखाइ पनि कम गर्छ ।

– अकबरे खुर्सानीको नियमित सेवन गर्ने हो भने पेटमा हुने ग्यास्टिक तथा अल्सर जस्ता रोगहरु निको हुन्छ ।

– अकबरे खुर्सानी नियमित सेवन गर्दा यसले मोटोपना घटाउन मद्धत गर्छ ।

– अकबरे खुर्सानीमा क्याप्सिसिन पाइन्छ । जसका कारण पेट सम्बन्धिमात्र होइन अन्य रोगीलाई समेत फाईदा पुर्‍याउँछ ।

– अकबरे खुसार्नी प्रयोग गरेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । यसको सेवनबाट पिसावको बिरामीलाई समेत फाइदा पुग्छ ।

प्रतिक्रिया दिनुहोस