दुर्लभ संयाेगमा शुभयाेग निर्माण हुदै ! साउनमा यी ४ राशिलाई ठूलो लाभ

३ साउन, काठमाण्डौ । श्रावण महिनामा श्रवण नक्षत्र युक्त पूर्णिमा पर्ने भएकाले यस लाई श्रावण मास भनेर भनिएकाे हाे । श्रावणी पुर्णिामामा श्रावणीस्नानकाे विशेष महिमा भएकाले पनि अरु महिना भन्दा श्रावण महिनाकाे महत्व शास्त्रमा विशेष रुपमा उल्लेख गरिएको हाे । जलप्रियाे शिव: शिवका लागि सबै भन्दा प्रिय वस्तु भनेकै जल भएकाले यसै महिनादेखी वर्षा ऋतुकाे प्रारम्भ हुने हुदा प्रसस्त जल प्रवाह हुन्छ ।

जलका कारणले बाेट विरुवा हरुलाई बढ्नमा सहयाेग हुन्छ । कालकुट बी’स सेवनले असैह्य पीड भएकाे समयमा बेलपत्रले उक्त बीसकाे प्रवाह कम गरेकाले बेलपत्र तथा जल शिवका लागि विशेष महत्व रहेकाे शास्त्रमा उल्लेख गरिएको छ । समस्त पाप हरण गर्ने शक्ति भएका महादेवलाई हरियो बेलपत्र तथा जल चढाएमा शिव आशिर्वाद मिल्ले जनविश्वास सहित शिवकाे प्रिय पहेलाे वस्त्र धारणगरेर हरहर महादेव अर्थात समस्त पाप हरण गरिदेउभन्दै पवित्र जल ल्याउन का लागि बाेलबम जाने परम्परा सदीयौंदेखि रहिआएकाे शिव पुराणमा उल्लेख गरिएको छ ।

सूर्य दक्षिणायनहुदा कर्कट र उत्तरायण हुद मकर सङ्क्रन्तीकाे विशेष महत्व रहेकाे शास्त्रमा उल्लेख गरिएको छ । देब गुरु बृहस्पतिले लामाे समयसंगै रहेकाे शनिकाे साथ छाेड्दै आफ्नै राशि धनुमा आउदै छन । सुर्य र बृहस्पतिकाे एकसाथ राशि परिवर्तन हुनु लाई अत्यन्तै दुर्ल’भ संयाेग मानिन्छ । सूर्य र बृहस्पति मिलेर नै सबैभन्दा ठुला राजयाेग निर्माण हुने हाे ।

श्रावण महिनाकाे प्रारम्भ कृतिका नक्षत्र बिहिबार तथा एकादशी व्रतबाट प्रारम्भ भएकाले पनि अत्यन्तै शुभ संयाेगका रुपमा हेरिएकाे छ । साेमबारे आैंसी बाट महिनाकाे प्रथम व्रत प्ररम्भ भएकाले नयाँ व्रत लिनेहरुका लागि विशेष फलदायी रहने उल्लेख गरिएको छ । नयाँ व्रत वस्नका लागि कुनै बृहस्पति तथा शुक्र अस्त नभएकाले पनि अत्यन्तै शुभ मुहुर्त रहेकाे ज्याेतिषी हरुले जानकारी गराएका छन् । वर्षकै महत्त्वपूर्ण चाडपर्व नागपञ्चमी,जनै पुर्णिामा,श्रीकृष्ण जन्माष्टमी व्रत पनि श्रावण महिनामै परेकाले याे संयाेग दुर्लभ शुभ याेगका रुपमा जानकारी गराईएकाे छ ।

देव गुरुले राशि परिवर्तनगर्दै वक्री अवस्थामा पुन धनुराशीमा गाेचर गर्न लागेकाले पनि विशेष महत्त्वका साथमा हेरिरहेको छ ।शनिकाे साथ छाेड्दै देबगुरु काे राशि पर हुन लागेकाे परिवर्तन भएकालेपनि सकारात्मक फलकाे प्राप्ति हुनेछ । लामाे समय कुरेपछि मात्रै यस्ताे संयाेग हुनेपनि उल्लेख गरिएको छ । यस्ताे समयमा उपाशना तथा व्रत वस्नाले आयु आराेग्य सुख समृद्धि प्राप्त हुने पनि शास्त्रमा वताईएकाे छ ।

प्रतिक्रिया दिनुहोस