भगवान शिवको प्रिय महिना साउनमा के गर्ने के नगर्ने ?

साउन महिनालाई भगवान शिवको सवैभन्दा प्रिय महिना मानिन्छ। हिन्दूशास्त्रमा साउन महिनाले विशेष अर्थ बोकेको छ।

साउन महिना भगवान शिवको आरधना र उपासना गर्दै ब्रत बस्ने महिना हो । साउन महिनामा भगवान शिव स्वयम यस धर्तिमा आउने धार्मिक विश्वास छ। यसर्थ, उनलाई खुशी बनाउन यो महिना उत्तम मानिन्छ ।

भगवान शिव छिट्टै प्रसन्न हुने देवता पनि हुन्। धर्म शास्त्रका अनुसार भगवान शिवको पूजा सच्चा मन र विधि-विधानले गरियो भने उनी तुरुन्तै प्रसन्न हुन्छन र भक्तजनको मनोकामना पूरा गरिदिन्छन।

भगवान शिवलाई हरियो रंग मनपर्ने र उनी यसबाट प्रसन्न हुने धार्मिक विश्वास रही आएको छ । साउन महिनामा चारैतिर हरियाली नै हरियाली हुने हुनाले भगवान शिवलाई आकर्षित गर्न भक्तजनले हरिया पहिरन लगाउने बताइन्छ । हिन्दू धर्मग्रन्थका अनुसार साउनमा देवी पार्वतीले पनि शिवलाई खुशी पार्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन्।

जसबाट प्रसन्न भएर भगवान शिवले उनलाई सौभाग्य प्राप्तिको खुसी दिएका थिए । त्यसैले आफ्नो सौभाग्य बनाइराख्ने आशिर्वाद प्राप्त गर्न विशेषगरी हिन्दु नारीहरु साउन भरी हरियो पहिरनमा सिङ्गारिएका देखिन्छन ।

हरियो रंग सौभाग्य संग जोडिएको मानिन्छ । यसले भाग्यखुल्ने विस्वास गरिन्छ । यसका साथै साउनमा हरियो लगाएर मानिसहरु प्रकृति प्रति अनुग्रहित भएको आभाष मिल्दछ । पण्डितहरु प्रकृतिप्रेमीहरुप्रति भगवान शिव प्रसन्न हुने भएकोले साउनमा हरियो रंगको विशेष अर्थ हुने जिकिर गर्छन ।

यसका साथै उनीहरु साउनमा कालो रंगको प्रयोग नगर्न पनि सुझाव दिन्छन । भगवान शिवलाई कालो रंग बिल्कुल राम्रो नलाग्ने बताइन्छ । यो रंग देख्ने वित्तिकै उनी क्रोधित हुने शास्त्रमा उल्लेख छ।

यदि तपाइँ शिवको कृपा चाहनु हुन्छ भने विशेषगरी पूजा गर्ने समयमा कालो कपडा नलगाउन समेत शास्त्रमा उल्लेख गरिएको छ।

भगवान शिवको पूजा गर्दा विशेष गरी लिवलिंगमा जल, दूध, महलगतायतका बस्तुले अभिषेक कर्दा चाडै भगवान शिव प्रसन्न हुने शास्त्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस