आज हामी जे छौ त्यो हाम्रो आमा बुबाले दिएको उपहार हो

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. आज हामी जे छौ त्यो हाम्रो आमा बुबाले दिएको उपहार हो र भोली हामी जे बन्छौ त्यो हामीले हाम्रो आमा बुबालाई दिने उपहार हो, त्यसैले आफ्नो आमा बुबालाई कस्ती उपहार दिन चाहनुहुन्छ, तपाई त्यस्तै बन्ने कोशिस गर्नुस ।

२. बुबा निमको रुख जस्तै हो जसको पत्ता चाहे जतिनै तितो भएपनि छहारी भने एकदमै शितल दिने गर्छ ।

३. जीवनमा तपाई जति सफल र महान भए पनि दुइ जनाको ख्याल राख्न नबिर्सिनु होला, एक त्यो जसले तपाईको जितको लागि आफ्नो सबैथोक हारीदिन्छ, तपाइको बुबा र अर्को त्यो जसले तपाईलाई दुख्ला भनेर सबै दुख आफै सहिदिन्छ, तपाइको आमा ।

४. आमा जतिको शक्तिशाली यो दुनियामा अरु कोहि हुदैन किनकि मृत्युको मुखमा पुगेर पनि उसले आफ्नो सन्तानलाई जन्म दिन्छन ।

५. म बुझ्न सक्दिन कि कसरी कोहि मान्छे आफ्नो घरमा ढुंगाले बनेको मुर्तिको लागि ठाउ बनाउन सक्छ जबकी आफैलाई जन्म दिने आफ्नो आमाबुबाको लागि अलिकति पनि ठाउ हुदैन ।

६. आफ्नो सन्तानको सानो खुशीको लागि आमाबुबाले अनेक दुख गर्छन तर बिडम्बना त्यहि सन्तान ठुलो भएपछी आमाबुबालाई घरमा ठाउ दिदैनन् ।

७. हरेक मान्छेले आफ्नो कला र आफ्नो सृजनालाई आफ्नै नाम दिने गर्छन तर आमा मात्र एउटा यस्ती महान कलाकार हुन् जो आफैले जन्माएको सन्तानलाई पनि उसको बुबाको नाम दिने गर्छिन ।

८. पुरै दुनियामा एउटा बुबा मात्र यस्तो व्यक्ति हुन् जो चाहन्छन कि आफु भन्दा पनि आफ्नो सन्तानले धेरै प्रगति गरोस ।

९. घरमा चाहे जतिनै मान्छे हुन् तर आमा हुनुन्न भने त्यो घर खाली खाली नै लाग्छ ।

१०. फुल कहिले पनि दुइ पटक फुल्दैन, जन्म कहिले पनि दुइ पटक हुदैन, भेट्न त दुनियामा हजारौ मान्छेहरु भेटिन्छन तर निस्वार्थ माया गर्ने आफ्नो आमाबुबा जस्तो अरु कोहि भेटिदैन ।

जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन ।

आमालाई सृष्टि भनिन्छ । जसले गर्भमा राखेर सन्तानको सुरक्षा गर्दै आफैलाई पीडाको पोखरीमा राखेर धर्तीमा ल्यायिन् । सन्तानको लागि आफ्नो आमाभन्दा ठूलो केही हुँदैन । आफ्ना जीवनका कयौं रहर, आवश्यकता र उद्धेश्यलाई मारेर पनि सन्तानको मुस्कानमा खुसी रहन्छिन् आमा । विभिन्न व्यक्तिले आमाको परिचय यसरी दिएका छन् ।

१ मेरी आमा नै मेरो शक्ति हुन् । –एलिसिया किज

२ जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन

३ जब एउटा बच्चा जन्मिन्छ त्यो बच्चाको जन्मको जन्मसँगै आमाले पनि पुर्नजन्म लिन्छिन् । –गिल्र्बट पार्कर

४ मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट

५ रुनको लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ आमाको अंगालो हो । – जोडी पिकल्ट

६ आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु । – जर्ज वासिंगटन

७ मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ । – लियोनार्डो डिकाप्रियो

८ संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ । – अज्ञात

९ मैले मेरो जीवनमा देखेकी महिलाहरुमध्ये मेरी आमा सबैभन्दा राम्री महिला हुन् । –जर्ज आशिंटन

१० मेरो लागि मेरी आमा सर्वगुण सम्पन्न व्यक्ति हुन् । –माइकल ज्याकसन

११ मायाको सुरुवात र अन्त्य मातृत्वबाट नै हुन्छ । –रोबर्ट ब्रोनिङ्ग

१२ बच्चाको पहिलो शिक्षक भनेको उसको आमा हो । –पंग लियुअन

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस