भोली सोमबारे औशी, अहिलेसम्मकै शुभ योग बिहानै उठेर यस्ता कार्य गर्नुहोस

२०७७ साल साउन महिलाको औशी महासंयोग हो । साउन सोमबार र औशी पर्नु आफैमा महत्वपुर्ण कुरा हो । तसर्थ सोमबारे औशींको दिन यस्ता कार्यहरु गर्नुहोस

१) सोमबारे औशींको दिन हामी कसैसँग नबोलीकन नुहाउनुपर्छ । सुर्य उदाउनु भन्दा अगाडी कोहीसँग नबोली पानीलाई गंगा सम्झेर पुजा गर्नुहोला ।

२) त्यसपछि आफ्नो नित्य कर्महरु गर्नुहोस ।

३) सोमबारको दिन ब्रत बस्नुहुन्छ भने रुद्राक्ष अनिवार्य लगाउँनुहोस

४) पहेलों केशरी अवश्य लगाउँनुहोस ।

५) सोमबार , साउन र औशी परेकोले शिवलाई विशेषरुपमा पुजा गर्नुहोस

६) आफ्नो लक्ष्य मनमा लिएर संकल्प गरेर पुजा गर्नुहोस ।

७) पृतृको लागि महत्वपुर्ण भएकोले उहाँहरुको लागि सेतो तथा पहेलो वस्त्रले पुजा गर्नुहोस

८) पीपलमा जल चढाउनुहोस ।

९) औशीमा जन्मेका व्यक्त्तिहरुले केहि कुराहरु दान गर्नुहोस तपाईलाई पनि राम्रो हुनेछ ।

शिवको महिना साउनमा रुद्री पाठ गर्नु उत्तम, अरु के के गर्नुपर्छ ?

सूर्यदेव कर्कट राशिमा प्रवेश गरेसँगै श्रावण (साउन) महिना आरम्भ हुन्छ । वर्षा ऋतुअन्तर्गत पर्ने श्रावण महिनामा विशेष रुपमा भगवान भोलेनाथको पूजा आराधना र अर्चना गर्ने गरिन्छ ।

बोल बम यात्रादेखि शिव मन्दिरहरुमा दर्शन गर्नेसम्मका कार्यहरु यस महिनामा विशेष रुपमा सम्पन्न हुने गर्दछन् । त्यसैगरी साउनको सोमबार भगवान शिवजीको आराधनामा ब्रत बस्नु अति उपयुक्त मानिन्छ ।

साथै श्रावण महिनाभर सात्विक आहार विहारका साथ व्रत, उपवास बस्ने प्रचलन रही आएको छ ।

यस महिनामा मांसजन्य पदार्थ, मदिरा, लसुन, प्याजसहितका “तामसी भोजन” पूर्णतया त्याग गरी संयमित रुपमा पारिवारका सबैले सामुहिक रुपमा व्रत गर्ने प्रचलन विशेष रुपमा रही आएको छ ।

प्रतिक्रिया दिनुहोस