आज वर्ष कै सबैभन्दा पवित्र दिन सोमबारे औंसी, हेनुहाेस् आजकाे राशिफल

आज मिति २०७७ साल साउन ५ गते सोमबार। तदनुसार सन् २०२० जुलाई २०। शक संवत् १९४२ । नेपाल संवत् ११४० दिल्लागा । प्रमादी दक्षिणायन वर्षा । श्रावण कृष्णपक्षको अमावाश्य तिथि । चन्द्रमा मिथुन राशिमा ।सूर्योदय ०५ः२१ । सूर्यास्त १८ः५८ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेहनत गरेअनुसार सफलता मिल्ने दिन रहेको छ । धेरै जिद्दी भएर अगाडि बढेमा अपजस आउन सक्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नसोचेको स्थानबाट धन प्राप्तिको योग रहेको छ। आफन्तहरूको सहयोगबाट मात्रै कार्य सिद्धि हुने छ। धेरै बोल्दा धन खर्चहुने सम्भावना रहेको छ । धार्मिक यात्राको योग रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)

धर्ममा रुचि बढ्नुका साथै आफन्तहरू संग भेटघाटको सम्भावना रहेको छ। शरीरमा आलस्य बढ्नाले गर्न लागेका कार्यहरु ढिलागरी पूर्णहुने छन्। रमाइलो यात्राको सम्भावना रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अनावश्यक यात्राबाट शारीरिक कष्ट हुने योग रहेको छ । खर्चमा वृद्धिहुने हुँदा अनावश्यक खर्चबाट जोगिनु भयो भने नै शुभ हुने छ । लामो तथा धार्मिक यात्राको सम्भावना रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

वैदेशिक यात्राको क्रममा रहनु भएका हरुका लागि विशेष फाईदाको योग रहेको छ। नयाँ कामगर्नेहरुका लागि आजको दिन निक्कै शुभ रहने छ । व्यापारमा लगानी गर्दा फाईदाको योग रहेको छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको थालनी गर्ने समय रहेको छ। धार्मिक कार्यक्रममार्फत धनआर्जन हुने छ। साथीहरूसंग भेटघाटको कार्यक्रम रहनेछ। यात्राबाट फाईदा हुने छ।

 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )

भाग्यको सहायताले दिनभरि नै सोचेका कार्यहरु सफल हुनेछन्। कसैको भरपरेमा कार्यबाधा हुनेहुँदा आफैले मेहनत गरेमा शुभ हुने छ। नयाँ जिम्मेवारी प्राप्तिको योग रहेको छ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अचानक स्वस्थ्यमा समस्या देखापर्ने योग रहेको छ। कसैले आरोप लगाउन सक्ने भएकाले सावधानी पुर्वक कार्यगर्नुपर्ने देखिएको छ। भगवान शिवको पुजा गरेमा शुभ फलमा वृद्धि हुन्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )

धार्मिक क्षेत्रमा सहभागी हुने दिन रहेको छ। स्त्रीको सहयोगबाट गरिएको हरेक कार्य सिद्धिको योग रहेको छ। भगवान शिवको आरधना गरेमा शुभ हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

चोटपटकको योग रहेको छ । झुट्टा आरोप लाग्ने योगरहेकाले विशेष सावधानी पुर्वक कार्यगर्नु पर्ने छ। भगवान गणेशको पुजा गरेमा शुभ हुने छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )

मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

ज्याेतिष तथा वास्तुशास्त्री : सुरेशचन्द्र रिजाल, ९८५१०६११२४

प्रतिक्रिया दिनुहोस