सामाजिक सञ्जालमा भाइरल भएका दुइ को हुन् ? खुल्यो रहस्य

एउटा सरकारी मोटरसाईकलमा एकजना महिला बसेको फोटो सामाजिक संजालमा धेरै नै भाईरल भयो । सामाजिक सञ्जालमा उक्त तस्वीर भाइरल बनाईनुको एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन हो। यदि सो मोटरसाईकल सरकारी नम्बरको हुदैन थियो र ति युवती यात्रा गरिरहेकी थिईन भने यो प्रश्न पनि सायद उठ्ने थिएन ।

यो कुरालाई लिएर सामाजिक संजालमा ठूलै बहस भयो । केहिले समर्थनमा बोले भने केहिले उनीहरुको जमकर बिरोध गरे ।

सरकारी कर्मचारीले लगाउने ड्रेस र उनिहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको प्रयोगका पनि आफनै नियम छन् । यातायात ब्यावस्था विभागका अनुसार प्रदेश–३–०२–००१ ब–१४१२ नम्बरको मोटर साईकल धादिङको गल्छि गाउँपालिकाको नाममा रहेको छ ।

गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार ( स्टोर) प्रयोजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएको गाउपालीकाका एक कर्मचारीले बताए ।
सरकारी मोटरसाईकलमा सवार युवती र चालक युवा दुवै सरकारी कर्मचारी नै हुन् । उनिहरू दुवै जना भर्खरै सरकारी सेवामा गरेको र सिटोल ( सरकारी कर्मचारीको लागि दिईने संकेत नम्बर ) भर्न धादिङबाट काठमाडौं आएको खुलेको छ । सरकारी नम्बरको मोटरसाईकल चालक प्रताप बराल गल्छी गाँउपालिकामा कार्यरत ईन्जिनियर हुन् ।

उक्त मोटरसाईकलमा सवार युवती पनि सोहि गाँउपालीकामा कार्यरत सव–इन्जिनियर सविता शाही हुन् । उनिहरू दुवैजना गाउँपालिकाबाट स्विकृती लिएर नै काठमाडौं स्थीत निजामती किताब खानामा सरकारी संकेत नम्बर लिन आएका थिए । गल्छी गाँउपालीकाका प्रसाशकीय प्रमुख मोहन कुमार श्रेष्ठले दुवैजना गल्छि गाउँपालिका कर्मचारी भएको जानकारी दिए ।

श्रेष्ठका अनुसार उनिहरू सरकारी सेवामा प्रवेश गरेपछि लिनुपर्ने सरकारी संकेत नम्बर लिन काठमाडौं आएका हुन् । सरकारी सेवामा प्रवेश पछि कर्मचारीका लागि सिटोल अर्थात सरकारी संकेत नम्बर आवस्यब पर्छ । श्रेष्ठले भने दुवै जना गाँउपालीकामा कार्यरत इन्जीनियर भएको बताउनुभयो । उहाले यसका आफनै मर्यादा पनि छन् यस विषयमा सत्य तथ्य बुझ्ने काम भैरहेको बताए ।

प्रतिक्रिया दिनुहोस