श्री गणेशको दर्शन गरि हेर्नुहोस! जागीर र धन प्राप्तिका लागि जप्नुस् यी मन्त्र!!

धनसम्पत्ति रुपैयाँ पैसा बिनाको जीवन कस्तो होला ? पक्कै पनि धन सम्पत्ति बिना कोही कसैलाई पनि जीवन धान्न गारो हुन्छ ।त्यसैले मानिस सम्पत्ति कमाउन जागीर गर्दछन् । तर त्यो जागीर पाउन पनि कहाँ सजिलो छ र ? कतिपय मानिसले अनैकौ उपाय गर्दा पनि जागीर पाउन सकेका छैनन् । तर हिदू धर्मशास्त्र अनुसार यस्तो समस्याको समाधानका लागि शास्त्रहरुमा उल्लेख छ ।

धर्मशास्त्रहरुका अनुसार जागीर वा धनसम्पत्ति कमाउन भगवानको आराधनासहित व्रत बस्नु पर्दछ । व्रत बस्नाले मनुष्यको सबै प्रकारको समस्या समाधान भई मनले चाहे अनुसारको वरदान प्राप्त हुने मान्यता रहेको छ । तर के का लागि कस्तो व्रत बस्ने ? त्यसबारे जानकारी नहुदाँ द्विविधा हुने गर्दछ । त्यसैले हामी जागीर पाउन र धनसम्पत्ति कमाउन कुन व्रत कसरी बस्ने त्यसबारे जानकारी दिँदैछौ ।

जागीर पाउन गर्नुपर्ने व्रत र त्यसको नियम
१. जागीर पाउनका लागी शनिबार शनी देवको व्रत राख्नु पर्दछ ।
२. शनिवार बिहान सबेरै उठेर पहिले एक सफा भाडामा तेल राखि आफ्नो छाया हेर्नुपर्दछ ।३. आफुले छाया हेरेको तेल, आवश्यकता भएका ब्यक्तिलाई दान गर्नुपर्दछ ।
४. शनिवार दिनभर केवल पानी मात्र ग्रहण गर्नुपर्दछ । अन्न सेवन गर्नुहुदैन ।

५. साँझमा पीपलको वृक्षको फेदमा जल अर्पण गरी सरस्युको तेलमा दियो बाल्नु पर्दछ ।
६. त्यसपछि ॐ शं शनैश्चराय नमः मन्त्रको १०८ पटक जप गर्दै शनीको आराधना गर्नुपर्दछ । ६. साझमा दुध, फल लगायतका फलाहार सेवन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस