विश्वको सबैभन्दा ठूलो हिन्दू मन्दिरलाई घेरेर बसेको यो अचम्मको रुखका बारेमा जान्नुहोस्

दक्षिणपूर्वी एसियामा पर्ने देश कम्बोडियामा ९७ प्रतिशत मानिसहरु बुद्ध धर्म मान्ने गर्छन् । यसका छिमेकी देशहरु थाईल्याण्ड,भियतनाम र लाओस समेत बुद्धिष्ट देशहरु हुन् । तर अचम्मको कुरा के – भने यत्रो जनसंख्याले बुद्ध धर्म मान्ने देश कम्बोडियामा १२ औँ शताब्दिमा बनेको विश्वको सबैभन्दा ठूलो हिन्दु मन्दिर रहेको छ । जहाँ हिन्दुहरुको भगवान बिष्णुको मुर्ति रहेको यो मन्दिर विश्वको सबैभन्दा ठूलो धार्मिक पर्यटकिय स्थल पनि हो । कम्बोडियाको अंगारकोटमा रहेको उक्त मन्दिरमा विभिन्न खास कुराहरु पनि छन् । ति खास कुरा मध्ये सबैभन्दा खास कुरा हो । मन्दिरलाई घेरेर रहेको रुखहरु जसलाई ‘सिल्क कटन ट्रि’ भनिन्छ ।

यो रुखका जराहरुले मन्दिरको थुप्रै भागलाई अचम्म लाग्दो तरिकाले घेरेर राखेको छ।यो रुख विश्वमा अनौठो रुखहरुको सूचीमा पनि पर्छ । विशालकाय उक्त विष्णु मन्दिर र रुखहरुको अद्भुत मिलन हेर्न धेरै पर्यटकहरु उक्त स्थानमा पुग्ने गर्छन् । १२ बर्ष बनबास रहँदा राजा राम उक्त स्थानमा केहि दिन बसेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।वास्तु शास्त्र एउटा प्राचीन विज्ञान हो। वास्तुको अर्थ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ अनुशासन र निर्देश।यसर्थ हो । वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ ।

वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यदि वास्तुको नियमको पालना नगर्दा घरमा संकटको सामना गनुपर्ने हुन्छ । त्यसैले वास्तुको नियमको पालना गर्नु आवश्यक मानिन्छ । घर वा भवन जुनसुकै निर्माण गर्दा वास्तुको नियम अनुसार बनाउँनु पर्दछ । त्यस्तै घरको प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष गरि वास्तुको नियम अनुसार बनाईन्छ । वास्तु शास्त्रका अनुसार घरको मुल ढोका सुशोभित हुनुपर्छ ।

१ मुलढोका अन्य ढोकाभन्दा अग्लो हुनुपर्छ ।२ आफै खुल्ने र बन्द हुने हुनुहुँदैन ।३ ढोका राम्रोसँग खुल्ने वा ढोका खोल्दा कुनै आवाज निस्कनु हुदैन ।४ पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख द्वार बनाउनु पर्छ ।५ ढोका वायव्य कोणमा बनाउनु पर्छपूजाघर:१ वास्तु शास्त्रका अनुसार पूजा कोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन २ पूजाघरको ढोका टिन र फलामको हुनुहुँदैन ।३ पूजा कोठाको रंग सेतो हुनुपर्छ भने पूजा कोठामा सयन कक्षमा बनाउनु हुँदैन ।
४ भगवानको तस्बिर वा मूर्ति पुर्व दिशामा राख्नु पर्छ ।

५ घरमा कुलदेवताको मुर्ति पूर्व वा उत्तर भित्तामा राख्नुपर्छ ।भान्सा घर:१ वास्तु शास्त्रका अनुसार खाना पकाउने स्थानले पूर्वी र उत्तरी भित्तालाइ छुनु हुदैन ।२ भान्सा घर दक्षिण पूर्वी दिशामा बनाउनु पर्छ ।३ खाना पकाउँदा पूर्वमा फर्केर खाना पकाउनु राम्रो हुन्छ ।४ ग्यास र चुल्हो बाहिरबाट देखिनु हुदैन।५ खाना भान्साको बीचमा बसेर खानु पर्छ ।

प्रतिक्रिया दिनुहोस