के हो सतुवा ? यस्ता हुन्छन् औषधीय गुण

सतुवा के हो भन्ने विषयमा धेरैलाई जानकारी नहुन सक्छ । यो दुर्लभ जडिबुटी विभिन्न रोगहरुको औषधिका रुपमा प्रयोयो गरिन्छ । गाउँघरमा यसलाई औषधिको पनि औषधि भनिन्छ ।

सतुवा नेपालको महाभारत तथा हिमाली क्षेत्रमा करिव १५०० मिटको उचाईदेखि ३५०० मिटरको उचाईसम्म पाइन्छ । खासगरी गोब्रे सल्ला, खस्र्रु आदि रुखहरु भएको जंगलमा सतुवा पाइन्छ ।

ओसिलो जमिन भएको ठाउँमा उम्रिने यो जडिबुटीको विरुवा औसतमा आधा मिटर उचाइको हुन्छ भने विरुवाको माथिल्लो भागमा सातवटा पातहरु एउटै छत्र बनाइ बसेका हुन्छन् । यो बोटको काण्ड औषधिका लागि निकै उपयोगी मानिन्छ । आयुर्वेदिक औषधिमा यो निकै उपयोगी र लाभदायक मानिन्छ ।

सतुवाको औषधीय गुण

गाउँघरमा सतुवालाई धरै रोगहरुको औषधिका रुपमा प्रयोग गरिन्छ । पेट दुखेमा सतुवा खाँदा निकै फाइदाजनक हुन्छ । पाकेको घाउमा सतुवाको लेप बनाइ लगाउँछ चाँडो निको हुन्छ ।

वान्ता भएमा पखाला चलेमा, विष सेवन गरेका मानिसहरुलाई सतुवा खुवाउँदा निको हुन्छ । धतुरो र रक्सीको नसा हटाउन पनि सतुवा निकै उपयोगी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस