किन हटाइयो पुष्पा फिल्मबाट अल्लु अर्जुन र रश्मिकाको रोमान्टिक सिन ?

एजेन्सी, चलचित्र ‘पुष्पा’ अब नयाँ भर्जनमा प्रदर्शनमा आउने भएको छ। नयाँ भर्जनमा नायक अल्लु अर्जुन र नायिका रश्मिका मण्डनाको रोमान्टिक सिन हटाइने भएको छ।कोरोना महामारी यताकै सबैभन्दा आक्रामक व्यापार गरेको चलचित्र पुष्पाले पहिलो दिन नै ८३ करोडको कमाइ गरेको थियो। तर प्रदर्शनमा आएको चौथो दिन नै पुष्पको केही सिन भने अब हट्ने भएको छ।
सिन हो- अल्लु अर्जुन र रश्मिका मण्डनाको रोमान्सको। पुष्पा राज (अल्लु) र श्रीवल्ली (रश्मिका) एउटा कारभित्र रोमान्स गरिरहेका हुन्छन्। त्यही दौरान पुष्पाले श्रीवल्लीको स्तनमा छुन्छ। र त्यसैबारे कुरा गर्छ।

परिवारसहित चलचित्र हेर्न गएका दर्शकलाई भने यो दृश्य पचेन। उनीहरूले विरोध जनाए। र हाल निर्माण टीमले यो सिन हटाउने निर्णय लियो। यति मात्र होइन, चलचित्रमा भएका अन्य सिनमा पनि सेन्सर गरिने भएको छ। यता आजै सोमबारबाट चलचित्रको ट्रिम्ड भर्जन प्रदर्शनमा आउनेछ।
यो पनि साइलेन्ट हर्ट अट्याकः यी सामान्य लक्षणदेखि सतर्क रहन आवश्यक
छाती दुख्ने, मुटुको चाल बढ्ने, चिसो लाग्ने, पसिना आउने र धेरै कमजोर महसुस हुने जस्ता लक्षणहरूले हृदयाघातको सङ्केत गर्छ ।

तर, हर्ट अट्याकको सङ्केत दिने लक्षणहरू माथि उल्लेख गरिएभन्दा पनि फरक प्रकृतिका हुन्छन् । कहिलेकाहीँ लक्षण नदेखिए पनि हृदयाघात हुनसक्छ । कहिलेकाहीँ हर्ट अट्याक भएको भए पनि थाहा नहुन सक्छ । यसलाई साइलेन्ट हर्ट अट्याक भनिन्छ । साइलेन्ट हर्ट अट्याक हुँदा निकै असामान्य वा कुनै पनि लक्षण महसुस नहुने हुनसक्छ ।

यसप्रकारको साइलेन्ट हर्ट अट्याक निकै खतरनाक हुन्छ । अमेरिकाको क्लिवल्यान्ड क्लिनिकका कार्डियोजोजिस्ट कर्टिस रिम्मरम्यानका अनुसार साइलेन्ट हर्ट अट्याक भएको थाहा नहुने हुँदा यसको उपचार पनि नहुने वा नगरिने कारण यो सबैभन्दा खतरनाक हुन्छ । साइलेन्ट हर्ट अट्याक हुँदा लक्षण देखा नपरे पनि मुटुलाई भने असर भइरहेको हुन्छ ।

अत्यधिक थकान र सास फेर्न गाह्रो हुने हुँदा केही व्यक्तिहरू साइलेन्ट हर्ट अट्याक भएपछि तुरुन्तै अस्पताल जान्छन् । तर, हृदयाघातको बारेमा जानकारी नहुनलेलाई यो रोगको बारेमा थाहा पाउन सहज हुँदैन । महिला वा मधुमेहका रोगीलाई साइलेन्ट हर्ट अट्याकको जोखिम धेरै हुन्छ ।

रेगुलर चेकअपको बेलामा जाँदा मानिसले आफूलाई हर्ट अट्याक भएको पत्ता लगाउन सक्छन् । मुटुको मांसपेशीमा भएको नोक्सानलाई हेरेर डाक्टरले कस्तो प्रकारको हृदयाघात भएको पत्ता लगाउन सक्छन् । डाक्टरहरूले इलेक्ट्रोकार्डियोग्राम वा कार्डियक अल्ट्रासाउन्डमार्फत पत्ता लगाउन सक्छन् ।

साइलेन्ट हर्ट अट्याक हुँदा कुनै पनि विशेष लक्षण देखिने भन्ने हुँदैन । तर यसको मतलब यो होइन कि हर्ट अट्याकका सङ्केत पहिचान गर्न सकिँदैन भन्ने हुँदैन । आजतकमा जनाएअनुसार छातीमा केही अड्किएजस्तो महसुस हुने, थकान, सास फेर्न गाह्रो हुने, छाती पोल्ने, लगातार बैचैनी महसुस हुने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस