नायक पल शाह र नायिका मलिका महत फेरि म्युजिक भिडियोमा जोडिएका छन् ।

डेढ बर्ष अगाडि नायक पल शाह र नायिका मलिका महतको जोडी म्युजिक

भिडियोमा सर्वाधिक चर्चित थियो । पल र मलिकाले एकसाथ काम गरेका अधिकांश भिडियोहरुले बजारमा चर्चा पाए । उनीहरुले काम गरेका अधिकांश गीतले करोड क्लबमा स्थान पनि बनाए । ‘फूलबुट्टे सारी, टाढा भएपनि’ बोलको गीतमा काम गरेपछि पल र मलिकाको चर्चा चुलिएको थियो । 

केन्द्र मोसन पिक्चर्सले पल र मलिकासँग फिल्मका लागि समेत संझौता गर्यो । पल र मलिकाले अन्य कम्पनीका म्युजिक भिडियोमा काम गर्न नपाउने गरि केन्द्र मोसनले संझौता गरेको थियो । 

तर, बलात्कारको मुद्दामा पल शाह जेल गएपछि यो जोडीको सहकार्य पनि टुट्यो । मलिका महत्तले यो बिचमा काम गरेका अधिकांश गीतहरु असफल भए । पल शाह र मलिका महतको जोडीलाई दर्शकले खोजी रहे । 

पल शाह जेलबाट निस्किएपछि नयाँ नयाँ मोडलहरुसँग काम गरिरहेका थिए । यो बिचमा उनले मलिका महत्तसँग किन काम गरिरहेका छैनन् भन्ने प्रश्न पनि उब्जिएका थिए । गायक खेम सेन्चुरी र गायिका अनिता चलाउनेको स्वरमा समावेश ‘यो उमेर यस्तै हो कि जोवन त्यस्तै हो’ बोलको गीतमा पल र मलिकाले अभिनय गरे ।

‘पीएम’ जोडीले समेत चर्चामा रहेका यी दुइलाई हेर्न दर्शक फेरि उत्सुक देखिएका छन् । नेत्र अर्यालको शब्द रहेको यो गीतमा खेम सेन्चुरीकै शब्द छ । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । 

पल जेलमा रहेको समयमा मलिकाले ‘सतिदेवी र अगस्त्य’ नामक फिल्ममा काम गरिसकेकी छिन् । अब, यी दुईले एकसाथ फिल्ममा काम कहिले गर्छन् दर्शकलाई प्रतिक्षा छ । 
 

प्रतिक्रिया दिनुहोस