राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४ का लागी आवेदन खुल्ला

काठमाडौं ओप्सना फिल्म प्रा.लि.को आयोजनामा राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४ प्रथम संस्करणका लागि आवेदन खुल्ला गरीएको छ । उक्त फिल्म प्रा.लि. ले पाँच बर्ष भित्रमा बजारमा आएका आएका गीत संगीतलाई यस अवार्डमा सहभागी गराउन सकिने बताएको छ ।

त्यस्तै गीत संगीतको अडियो र भिडियोतर्फका विभिन्न विधालाई समावेश गरी यस अवार्डमा राष्ट्रिय भावको पप गीत, गजल, आधुनिक, लोकदोहोरी, भाषाभाषी गीत र चलचित्रका गीतहरुलाई समावेश गरिनेछ । गीत संगीतमा लागेका स्रष्टा सर्जक प्रस्तोता निर्देशक कलाकार छायांकन सम्पादक लगायतलाई अवार्ड तथा सम्मान प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष ओम प्रकाश राईले जानकारी गराउनुभएको छ ।

यस अवार्डमा सहभागी हुनको लागि कलाकारले आफ्नो गीतलाई कार्यालय वा अनलाइन मार्फत् उपलब्ध गराउनु पर्नेछ । राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४ युवा प्रतिभा सम्मान पत्रकारिता सम्मान, बालप्रतिभा सम्मान डायस्पोरा सम्मान समेत प्रदान गरिनेछ ।

थप जानकारीकालागी तपाईँले काठमाडौंको बुद्धनगरमा रहेको ओप्सना फिल्म प्रा.लिमा सम्पर्क गर्न सक्नु हुनेछ भने ओप्सना फिल्म प्रा.लिको फेसबुक पेजमा पनि सम्पर्क गर्न सक्नु हुनेछ । साथै मोबाइल फोनबाट सम्पर्क गर्नेहरुले ९८५१०६६०९२÷९८४००५३०७६ र ९८१९०४५५५७ मा पनि सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस