पार्टीको कुराले रेशम चौधरीसँग डिभोर्स गर्दै हो? यस्तो छ रञ्जिताको जवाफ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठले पार्टी र परिवार छुट्टै विषय भएको बताउनुभएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा उहाँका पति रेशम चौधरी र उहाँको फरक मत रहेको कुरा बाहिर आएको छ । रेशम विश्वासको मत नदिने पक्षमा हुनुहुन्थ्यो भने श्रेष्ठ पक्षमा रहनुभएको छ ।

बुधबार(आज) प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा रेशम र आफ्नो फरक मत रहेको उल्लेख गर्नुभयो ।

सञ्चारकर्मीले डिर्भोस हुन लागेको कुरा के हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘विवाह भएको २५ वर्ष भइसकेको छ, श्रीमान् श्रीमतीबिच विभिन्न विषयमा ठाकठुक परिरहन्छ । डिभोर्स हुने भए पहिले हुन्थ्यो । पार्टीगत रूपमा विचार नमिलेको हो । मैले बुझाएको हो, उहाँको आफ्नै बिचार छ, मेरो आफ्नै विचार छ ।’

उहाँले श्रीमान् श्रीमतीले चलाएको पार्टी नभई जनताले चलाएको पार्टी भएको प्रतिक्रिया दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस