मेयर हर्क साम्पाङलाई प्रश्न गरेबापत धरानका युवा अशोक लिम्बू पक्राउ

धरान -१५ का अशोक लिम्बु मेयर हर्क साम्पाङलाई आफ्नो टोलको गुणासो पोख्दा प्रहरी खोरमा पुगेका छन । हरेक शुक्रबार मेयर साम्पाङले धरानमा लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन्। त्यही क्रममा शुक्रबार अपराह्न आफ्नो टोलीसहित हातेमाइक बोकेर धरान १५ पुगेका साम्पाङले आफ्नो टोलको एक बिरामीको बारेमा समस्या राख्दा मेयरले पक्राउ गर्न ठाडो निर्देशएका छन ।

साम्पाङको ठाडो निर्देशनमा लिम्बुलाई नगर प्रहरीले पक्राउ गरेका छन । मेयर साम्पाङ बोल्दै गर्दा ती युवकले उनलाई प्रश्न गरेका थिए। यो भिडिओ पनि सार्वजनिक भइसकेको छ।‘हर्क दाई’ भन्दै ती युवाले मेयरलाई धरानमा मान्छे डेंगीले बिरामी भएको तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने?

भन्दै प्रश्न गरेका थिए। जवाफमा मेयर साम्पाङ ‘तिमी विरोध गर्न आएको?’ भन्दै रिसाउँछन्। मेयरको निर्देशनपछि नगर प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय पुर्‍याएका थिए। प्रहरीका अनुसार ती युवक अहिले पनि प्रहरी थुनामै छन्। लिम्बुलाई मेयर साम्पाङको मौखिक उजुरीका आधारमा राखिएको ईलाका प्रहरी कार्यलय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए

प्रतिक्रिया दिनुहोस