चरिकोटमा सेतो पुतलीको आतङ्क,सर्वसाधारण त्रसित

दोलखा १९ भदौ । दोलखाको सदरमुकाम चरिकोट लगायत आसपासका क्षेत्रमा सेतो पुतलीको समस्या देखिएको छ । बजारका घर, कार्यालय, सवारी साधन, मन्दिर लगाएतका स्थानमा बाक्लो मात्रमा सेतो पुतली देखिएपछि यहाँका स्थानिय त्रसित भएका छन् । बेलुका रातको समयमा बत्तिको झिलिमिलीमा मौरी जसरि बसे पनि बिहानपख घर, सडकमा छ्यापछ्याप्ती बसेपछि पुतलीको झुस उडेर आखामा पर्दा आँखामा खतरा हुने भन्दै त्रसित भएको बजारका स्थानीयवासी बताउछन् ।

पुतली बिहानको समयमा सडक,पेटी, सवारी साधनका बाहिरी झ्याल,रुख लगाएतका स्थानमा देख्न सकिन्छ । यो पुतली हिजो बेलुका देखि वाक्लो रुपमा देखिन थालेको छ । यो पुतली समयमै न्युनिकरण गर्न नसके यस्ले प्रकोपको रुपमा समस्या आइपर्ने देखिन्छ।

सेतो पुतलीबाट बच्न यसबाट टाढा रहने,बालबालिकालाई झाडीको वरपर खेल्न नदिने, निधारमा दल्ने कामबाट परै राख्ने, राति सुत्दा बत्ती निभाएर सुत्ने बाल्नै परे मधुरो पारेर बाल्ने,सकेसम्म झ्यालढोका बन्द गर्ने र झुल लगाएर सुत्ने जस्ता कार्य गर्दा बच्न सकिने छ।

प्रतिक्रिया दिनुहोस