सुरुङ्गा नगरिमै घट्यो यस्तो घटना श्रीमतीले गरिन आफ्नै श्रीमानको हत्या

श्रीमान श्रीमतीको झगडा परालको आगो भनिन्छ, तर झापा कनकाई नगरपालिका ३ सुरुङ्गामा भने श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गएको छ । मादक पदार्थ सेवन गरेर घर झगडा पर्दा श्रीमती ४५ बर्षिय सुनिता कार्कीको कुटाईबाट आफ्नै श्रीमान ५३ बर्षिय टेकबहादुर कार्कीको ज्यान गएको छ ।

स्थानीयका अनुसार श्रीमती सुनिताले शरिरका विभिन्न भागमा फलामको रडले प्रहार गर्दा श्रीमान सख्त घाईते बनेका थिए । आज विहान घाईते कार्कीको निधन भएको हो ।

झापाको कनकाई नगरपालिका–३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती कार्की र श्रीमान ५३ बर्षीय टेक बहादुर कार्की बिच यही बैशाख ८ गते बेलुका घरायशी बिषयमा बादबिबाद हुँदा श्रीमतीले श्रीमानलाई कुटपिट गर्दा घाईते भएका कार्कीलाई उपचारको लागी प्रादेशीक अस्पताल भद्रपुर लगेको र उपचार पश्चात घर ल्याएकोमा बैशाख २४ गते बिहान ७ घरैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

सूचना पाए संगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सुनिता कार्कीलाई पक्राउ गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । डेरा गरि बस्ने कार्की श्रीमान श्रीमती दुबै जना ज्याला मजदुरी गरि परिवार पाल्दै आएको प्रहरीले जनाएको छ ।

हाल श्रीमानलाई पोस्ट म्याटमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ भने श्रीमतीलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतक श्रीमानको शरिरभरी निलडाँम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस