एमाले प्रवेशका लागि ओलीको यस्तो आग्रहपछि राजेश हमालको जवाफले देशभर छायो खुसियाली

भनिन्छ आत्मविश्वास र हौसलाले जस्तोसुकै लडाइ पनि सजिलै जित्न सकिन्छ । स्थानिय चुनाव नजिकिदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आत्मविश्वासले देशभरका नेताकार्यकर्ताहरुलाई हौस्याएको छ । देशभर पार्टी प्रवेशको लहर नै चलेको छ । यसैबीच, अध्यक्ष ओलीले देशका चर्चित र प्रतिष्ठित व्यक्तीहरुलाई एमालेमा प्रवेश गराउन थालेका छन् ।

केही समय अघि महानायक राजेश हमाल एमालेमा प्रवेश गर्न लागेको हल्ला सर्वत्र फैलियो । मुलधारका सञ्चार माध्यमहरुले पनि प्राथमिकताका साथ सो समाचार सम्प्रेषण गरे । पछिल्लो समयको घटनाक्रम नियाल्दा कलाकारले पार्टीमा प्रवेश गरिरहेको माहोल देखिन्थ्यो । धेरैले राजेश हमाल एमालेमा प्रवेश गर्न लागेको अफवाह मात्रै ठाने त केहीले सिनारियो हेर्दा प्रवेश गर्न लागेकै हुन्न भनेर मिडियाका हेडलाईनलाई बिश्वास गरे ।

आज ओलीसँगको जम्काभेटमा राजेश हमालले आफु एमालेको शुभचिन्तक भएको र कलाकारितामा नै रमाईरहेको बताएका छन् । जम्काभेटमा भएको कुराकानीलाई आधार मान्दा राजेश हमाल एमाले प्रवेश गर्न लागेको हल्ला मात्रै हो भनेर अनुमान लगाउन सकिन्छ तर उनले निकट भविष्यमा प्रवेश बारे सोच्ने बताएकाले उनी एमाले प्रवेश गर्न सक्नेछन् ।

चुनाव नजिकिँदै जाँदा पार्टी प्रवेश अभियान चलाइरहेका एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कलाकारहरूतिर पनि नजर दौडाइरहेका छन् । हालै अभिनेत्री करिश्मा मानन्धरलाई पार्टीमा भित्र्याएका उनी आज अभिनेता राजेश हमालसँग बातचित गरिरहेका देखिए । तर, यो भेट योजनाबद्ध नभएर आकस्मिक थियो ।

त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा ओलीसहितको एमाले टोलीसँग हमालको छोटो भेट भएको हो । ओली आफ्नो दलबलसहित कपिलवस्तु जाँदै थिए । उनीसँग अभिनेत्री करिश्मा पनि थिइन् । सुरुमा करिश्मा र राजेश हमाल भेटेर गफ गर्ने क्रममा नेताहरू पनि मिसिएका थिए । उनीहरूबिच केही बेर ख्यालठट्टा चलेको थियो ।

स्रोतका अनुसार ओलीले सुरुमा हमाललाई ‘एक्लै कता जाँदै हुनुहुन्छ ? ’ भनेर सोधे । जवाफमा हमालले भने, ‘फलानो ठाउँ जाँदै छु । के गर्नु उहाँलाई करिश्मालाई देखाउँदै तपाईँले लगिहाल्नु भो ।’ओलीले जवाफ दिए, ‘तपाईँहरूका लागि बाटो खोलिदिएको हो ।’ हमालले एमालेका शुभचिन्तकहरू सबै क्षेत्रमा रहनुपर्ने बताउँदै आफू कलाकारितामै ठिक रहेको संकेत गरे ।

प्रतिक्रिया दिनुहोस