भारतद्वारा एफबीआईलाई सिख पृथकतावादीहरूको गुप्तचर जानकारी दिन आग्रह

नयाँ दिल्ली— भारतले अमेरिकी भूमिमा सिख पृथकतावादीलाई मार्ने षड्यन्त्रमा संलग्न भएको आरोपको गुप्तचर जानकारी प्रदान गर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरेको छ

राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए), भारतको संघीय आतंकवाद विरोधी एजेन्सीले एफबीआईका निर्देशक क्रिस्टोफर रेसँगको भेटमा यो अनुरोध गरेको हो, एनआईएमा काम गर्ने अधिकारीले नाम न छाप्ने सर्तमा बताएका छन्।

भेटवार्तामा नयाँ दिल्लीले सिख पृथकतावादीहरूलाई अमेरिकी भूमिबाट भारतको विरुद्धमा सञ्चालन गरिरहेको भन्ने मुद्दालाई दुवै देशका आन्तरिक सुरक्षा अधिकारीहरूको टोलीद्वारा विस्तृत रूपमा छलफल गरिएको थियो ।

‘भारतले अमेरिकी अधिकारीहरूलाई हालैका वर्षहरूमा भर्ती र पृथकतावादी आन्दोलनमा सम्मिलित भएका संदिग्ध व्यक्तिहरूको जानकारी प्रदान गर्न अनुरोध गरेको ती अधिकारीलाई उद्दृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

दशकौं अघि सुरु भएको उत्तरी भारतमा सिख मातृभूमिको लागि आन्दोलन हालैका महिनाहरूमा विश्वव्यापी मञ्चमा प्रर्दशन भएको थियो । यतिमात्र होइन संयुक्त राज्य अमेरिका र क्यानडाले भारतीय अधिकारीहरूलाई उत्तर अमेरिकामा सिख पृथकतावादी नेताहरू विरुद्धको हत्याको षड्यन्त्रमा संलग्न भएको आरोप समेत लगाएका छन् ।

नयाँ दिल्लीले भ्यानकुभर उपनगरमा जुनमा भएको हत्यामा कुनै सम्बन्धलाई अस्वीकार गरेको छ तर न्यूयोर्कमा कथित षड्यन्त्रको बारेमा अमेरिकी चिन्ताको बारेमा अनुसन्धान गर्ने घोषणा गरेको छ।

यस्तो षड्यन्त्र सरकारी नीति नभएको र विदेशमा रहेका सिख पृथकतावादीहरूको खोजी नगर्ने भनिएको छ।

भारतीय सुरक्षा र विदेश मन्त्रालयका अधिकारीहरूले उत्तर अमेरिका र युरोपमा सिख पृथकतावादीहरूले पैसा उठाउने, मानिसहरूलाई तालिम दिने र भारतको विभाजनको लागि अभियान चलाउनु नयाँ दिल्लीका लागि चिन्ताको विषय भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस