अन्तिम सास उर्मिलाले यहिँ फेरिन, स्थानीयले त्यो काहालीलाग्दो क्षण सम्झँदै यसो भने (भिडियो सहित)

बिराटनगर,दिउँसो लेटाङको शिक्षा विकास मावि पुग्दा चकमन्न देखिन्थ्यो । विद्यालय छेवैका घरका ढोका बन्द थिए । अधिकांश घरका मानिस भित्रै थिए । उनीहरु बाहिर निस्कन डराएका थिए । लेटाङ चोकको दृश्य पनि त्यस्तै थियो । पसल बन्द थिए । मानिसहरु सडकमा देखिएनन् ।

सञ्चारकर्मीहरु पुगेपछि विद्यालय पश्चिमपट्टिको घरका दुईजना स्थानीय पिंढीमा निस्किए । उनीहरु त्रसित मुद्रामा थिए । ‘अब के होला ’ भन्ने असमञ्जस देखिन्थ्यो । अघिल्लो दिनको घटना सम्झदा उनीहरुको आङ जिरिङ्ग भएको महसुस गर्न सकिन्थ्यो । घटनाबारे बताउन डराएका थिए ।

एक जना महिला प्रहरीको मृत्यु हुने गरी आइतबार भएको घटनापछि प्रशासनले लेटाङ क्षेत्रमा कर्फ्यू जारी गरेको छ । सुनसान सडकमा प्रहरीको गस्तीबाहेक अन्य गतिविधि शुन्यप्राय छ । पसल, बजार र यातायात बन्द छन् ।लेटाङ चोकबाट दुई किलोमिटर उत्तरपूर्वमा अवस्थित शिक्षा विकास मावि परिसर छिर्दै गर्दा गेट नजिकै ठूला पानीका ट्यांकी भुइँमा असरल्ल देखिन्थे । विद्यालयको गेटमास्तिर टांगिएको कु’च्चिए’र क’च्याक कु’क्क भएका छन् ।

ड्युटीको क्रममै स्थानियको आ’क्र’म’ण’मा परेर मृत्यु भएकी उर्मिला श्रेष्ठको अन्तिम संस्कार सकिएको छ । केही दिन पछि अरुले यो घटना विस्तारै विर्सदै जानेछन् । तर परिवारकी एक्ली छोरी गुमाएको त्यो माइती र विवाह गरेको एक वर्ष पनि नपुग्दै श्रीमती गुमाउन परेका ति श्रीमानका लागि भने जिवनभरीका लागि पीडा दिएको छ ।

एक ६ कक्षामा अध्ययन गर्ने छात्रालाई उनकै शिक्षकले घरमै पानी खाने बहाना गगर्दै यौ’ ‘न दु’र्व्य’व’हा’र गरेको आरोप लागेपछि उर्मिला सहितको टोली ति शिक्षकलाई पक्राउ गर्न गएकी थिइन् । शिक्षकलाई कारवाहीको माग राख्दै विद्यार्थी र स्थानिय विहानै देखी आन्दोलनमा थिए । शिक्षक र जनप्रतिनिधिलाई कोठामा थु’नेर आगलागी गर्न गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेर शिक्षकलाई पक्राउ गरेको थियो ।

तर शिक्षकलाई पक्राउ गरेपछि स्थानियले उर्मिलालाइ खु’कु’री प्र’हा’र ग’रेका थिए । घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कर णी गरेको आरोप लागेका शिक्षक मनोज पौडेललाई विद्यालयमै प्रहरीले सुरक्षा दिएर राखेको थियो। तर स्थानीय प्रहरीको टोलीले मात्रै उनलाई विद्यालयबाट निकालेर प्रहरी कार्यालय लेटाङ लैजान सकेन।

प्रदेश नं १ गणबाट थप मद्दतका लागि टोली मगाएर शिक्षक पौडेललाई लैजाने तयारी भयो। प्रहरी जवान उर्मिला श्रेष्ठ पनि गणबाट लेटाङ जाने टोलीमा परिन्। उनी अढाई वर्ष पहिले मात्रै प्रहरी जवानमा भर्ती भएकी थिइन्। खोटाङको फाक्टाङकी उर्मिलाको पहिलो पोस्टिङ त्यही गणमा भएको थियो।

एक वर्षअघि मात्रै उदयपुरमा उनको विवाह भएको थियो। उनका श्रीमान् नवीन श्रेष्ठ पनि प्रहरी जवान नै हुन्। उनी जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत छन्। उर्मिलाका दाजु–भाउजू पनि प्रहरी नै हुन्। दाजु भुवन श्रेष्ठ प्रहरी सहायक निरीक्षक (असई) हुन्। उनी पनि मोरङकै बख्रिन चौकीमा कार्यरत छन्। भाउजू मीना जवान हुन्। उनी जिल्ला कारागार (मोरङ) मा कार्यरत छिन्।

आफ्नो गाउँमा यति नराम्रो घटना भएपछि स्थानियबासीन्दा पनि सुत्न सकेका छैनन् । उनीहरुले प्रहरी माथि अन्याय भएको बताएका छन् । जनताका लागि खटेका प्रहरीलाई त्यसरी मा रिनु नराम्रो भन्दै आफ्नो गाउँकै बेइज्जत गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस