आमाको कुटाइबाट नाबालक छोरा गम्भीर घाइते, उपचारका लागि पोखरा ल्याइयो

पोखरा । आफ्नै नाबालक छोरालाई कुटेर घाइते बनाउने आमालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १० जुवालथरकी ३२ वर्षीया टिकादेवी नेपाली रहेकी छन् ।

प्रहरीका अनुसार आमा टिकादेवीले आफ्नै ६ वर्षका नाबालक छोरा सागरलाई अंगेनामा आगो फुक्ने ढुंंग्रो र अगुल्टोले हिर्काएकी थिइन् । आमाको कुटाइबाट सागर गम्भीर घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेका अनुसार जनप्रतिनिधिले खबर गरेपछि प्रहरीले घाइते नाबालक सागरको उद्धार गरि अस्पताल पुर्याएको थियो ।

नाबालक सागरको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार प्राथमिक उपचारपछि पोखरा ल्याइएको छ । उनका हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस