पल शाहले मनाए कारागारभित्रै जन्मदिन

काठमाडौं। बुधबार ३३ वर्ष पुगेका अभिनेता पूर्णविक्रम (पल) शाहले कारागारमै जन्मदिन मनाउँदैछन्। तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउन लागेका उनलाई भेट्न केही कलाकार पुगेका छन्।

पललाई जन्मदिनको शुभकामना दिन अभिनेत्री पूजा शर्मा र निर्देशक शोभित बस्नेत पनि कारागारमै पुगेका छन्। कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ।

जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा फ्यान र निकट फिल्मकर्मीले शुभकामना दिइरहेका छन्। तनहुँ जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा सफाइ दिएपनि पलले नवलपुर जिल्ला अदालतले

बालयौन दुर्व्यवहारको मुद्दामा सुनाएको साढे दुई वर्ष जेल सजाय काटिरहेका छन्। नवलपुर अदालतको फैसलाविरुद्ध पल शाह उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्।

प्रतिक्रिया दिनुहोस