सेती अस्पतालमा पहिलो पटक दूरबिन बिधी बाट मृगौला को शल्यक्रिया

धनगढीः सदूरपश्चिको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अपतालमा पहिलो पटक दूरबिन विधि बाट मृ:गौलाको शल्यक्रिया गरिएको छ।

कैलालीको कैलारी गाउँपालिकाकी ४९, वर्षीया एक महिलाको बुधवार शरीरमा सानो प्वाल पारेर मृ:गौलाको शल्यक्रिया गरिएको हो।

सेती अस्पतालका सर्जरी विभाग प्रमुख डाक्टर सुरेन्द्र बस्नेत नेतृत्वको टिमले पत्थरीका कारण बायाँ मृगौला काम नलाग्ने भएको अवस्थामा दूरबिन विधि बाट पहिलो पटक सेतीमा सफल

शल्यक्रिया  भएको बताए। बुधवार शल्यक्रिया गरिएकोमा आज शुक्रवार बिरामीलाई डिस्चार्ज गरिने डाक्टर बस्नेतले बताए।

काठमाडौंको वीर अपतालबाट एमसिएच युरोलीजी गरेका डाक्टर बस्नेतसँगै डाक्टर जोनस तिवारी, डाक्टर कपिल गौतम, डाक्टर दिपेशद श्रेष्ठ,

क्षितिज विक्रम र नर्सिङमा सनिता कोइराला, पविता कोइराला, लक्ष्मी उपाध्याय, जनाकी पाण्डे, लालु डगौरा र रमैया चौधरीको समुह पनि संलग्न रहेको थियो।

प्रतिक्रिया दिनुहोस