संसद् विघटन हुनुअघि नै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता ! (९० जना सांसदकाे नामसहित)

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउने अन्तिम तयारी भएकोको चाल पाएपछि संसद् विघटन गरेको खुलेको छ ।

आइतबार बिहान १० बजेर ५० मिनेटमा नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैका ९० जना सांसदले प्रधानमन्त्रीविरुद्ध व्यवस्थापिका संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

तर साढे १० बजे नै प्रधानमन्त्रीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक डाकेर एकलौटी रूपमा संसद् विघटनको प्रस्ताव राष्ट्रपतिकाेमा पठाउनुभएको थियो । बिहान १० बजेर ५० मिनेटमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको देखिएको छ भने संसद् विघटन २ बजेर ४१ मिनेटमा भएकाे देखिन्छ ।








प्रतिक्रिया दिनुहोस