काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ ।कारवाहीको माग गर्दै यसअघि असार ७ मा बसेको माओवादी केन्द्रिय समितीको बैठकले निर्वाचन आयोगलाई बुझाएका पत्रका आधारमा ती जनप्रतिनिधी पदमुक्त भएका हुन् । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।
पद रिक्त भएकाहरुमा सबैभन्दा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकबाट कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।
त्यसपछि ७ असारमा भर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक बसेर माओवादीले उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको निर्णयलाई औपचारिकता दिएको थियो । सोही दिन माओवादी केन्द्रले निर्वाचन आयोग समक्ष पदमुक्त गरिदिने बारे केन्द्रिय समितीको निर्णय राखेर झक्झक्याएको थियो । फलस्वरुप आज निर्वाचन आयोगले विज्ञप्ती निकाल्दै उनिहरुको सूची समेत सार्वजनिक गरेको छ ।
१. | प्रमुख | रिना कुमारी साह | मौलापुर न.पा. रौतहट |
२. | प्रमुख | सियाराम कुशवाहा | कटहरिया न.पा. रौतहट |
३. | उप्रमुख | परनिया देवी | देवाही गोनाही न.पा. रौतहट |
४. | उप्रमुख | गौरिशंकर प्रसाद | मैलापुर न.पा. रौतहट |
५. | उप्रमुख | कान्ति देवी | फतुवाविजयपुर न.पा. रौतहट |
६. | उपप्रमुख | सिमल कुमारी साह | माधवनारायण न.पा. रौतहट |
७. | उपाध्यक्ष | गितादेवी साह | यमुनामाई गा.पा. रौतहट |
८. | नगर का.पा. सदस्य | सतमीलाल दास ताती | लहान न.पा. सिरहा |
९. | अध्यक्ष | शेष फारुक | सम्सी गा.पा. महोत्तरी |
१०. | उपप्रमुख | छायाँ देवी देवकोटा | भजनी न.पा. कैलाली |
११. | वडाध्यक्ष | भागिरथी विष्ट | गौरीगंगा न.पा.–४, कैलाली |
१२. | वडाध्यक्ष | शर्मानन्द भट्ट | गोदावरी न.पा.–१, कैलाली |
१३. | वडाध्यक्ष | पुरन विसी | बर्दगोरिया न.पा.–४, कैलाली |
१४. | वडाध्यक्ष | सुरेश कुमार थापा | चम्पादेवी गा.पा.–७, ओखलढुंगा |