गाउँमा विवाह हुने भएपछि सहयोगका लागि राप्तीसोनारी गाउँपालिका–४, की दुर्गा थारु गाउँ नजिकैको गौरी सामुदायिक वनमा पात टिप्न गइन्। एक्लै जंगल गएकी उनी पात टिप्दै थिइन्। सुनसान जंगलमा सामान्य आवाज आयो। त्यो आवाज मान्छेको थिएन, कुनै जनावर हिँडिरहे जस्तो थियो।
उनी अलि चनाखो बनेर पात टिप्दै थिइन्। एक्कासी बाघ आएर उनको हातमा झम्टियो। घना सुनसान जंगलमा बाघले आक्रमण गर्दा उनलाई डर मात्रै लागेन, सहास पनि बटुलियो। ‘बाघले झ’म्टि’यो। मनमनै डर त थियो,’ उनले भनिन्, ‘तर जसरी पनि बाँच्नु छ। हातमा भएको हँसिया (आँसी) ले हानेँ।’ अर्काे हात झम्टियो। उनले प्रतिकारका लागि बाघको पन्जासमेत समातिन्। ‘दुई/तीन पटक लगातार हानेँ। पछि छोड्यो। निकै डर लाग्यो। चि च्या एँ। अनि त्यहाँबाट भाग्न सफल भएँ,’ उनले भनिन्। उनको दुवै हातको कुहिनामा चो ट लागेको छ।
बिहान साढे ११ बजे थारुलाई आक्रमण गरेको बाघले दिउँसो २ बजेतिर भने बयर जातको बोकालाई मारेको वडा नम्बर ४ का वडा सचिव नारायण बिष्टले जानकारी दिए। उनका अनुसार बाघको आ’क्र’मणबाट बाँच्न सफल थारुको राप्तीसोनारी अस्पतालमा सामान्य उपचारपछि घर फर्काइएको छ। उनले स्थानीय अर्जुन बस्नेतको बयर जातको ७० किलोको बोकालाई बाघले मारेको जानकारी दिए। यो खबर बुधबार बिहानको हो।
बाँकेस्थित राप्तीसोनारी गाउँपालिका–४ मा खल्टेपानी भन्ने स्थानमा बाघले उनीमाथि आक्रमण गरेको थियो। बाघसँगको लडाइँपछि उनी बाँच्न सफल भएकी छिन्। पछिल्लो समय राप्तीसोनारी गाउँपालिकामा बाघको बिगबिगी बढेको छ। गत भदौ महिनामा वडा नम्बर १ कुशुमस्थित गाभरमा बाघले मान्छेलाई खाएको थियो। गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षीया पुरुषलाई पाटेबाघले खाएको थियो। मंसिर महिनामा मात्रै वडा नम्बर ६ मा रहेको सिद्धेश्वर बहुमुखी क्याम्पसका प्रमुख लोकमणि बटालालाई बाघले आक्रमण गरेको थियो। उनी पनि त्यहाँबाट भागेर बाँच्न सफल भएका थिए।
यस्तै कात्तिक महिनामा पनि नरैनापुर गाउँपालिका–४ पण्डितपुरुवाका लखन गडरियाको बाघको आ’क्र’म’णबाट ज्यान गएको थियो। महिनैपिच्छे बाघले आ’क्र’मण ग’र्न थालेपछि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रका बस्तीहरुमा त्रा’स फैलिएको छ। -नागरिक बाट