माघ ३, सल्यान । सल्यानमा श्रीमतीसँग झ’गडा हुँदा श्रीमानले रिसको झोकमा गाई र गोरुलाई मा’रेका छन् ।
जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ सिस्नेरी स्थित ३६ वर्षीय शेर बहादुर महतराले श्रीमती सँग झ’गडा हुँदा गाई र गोरुको कोदालोले हानेर ह’त्या गरेकोे इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।
“शनिबार साँझ श्रीमती सँग झ•गडा परेछ”, इलाका प्रहरी कार्यालय लुहामका प्रमुख इनिस्पेक्टर श्याम प्रकाश यादवले लेकाली अनलाइनसँग भने, “त्यसपछि रिसको झोकमा गएर गोठमा बाँधेका एउटा गाई र एउटा गोरुको कोदालोले टाउकोमा हानेर मा•रेछ ।”
गाई र गोरुको हत्या गरेर आइतबार बिहान भीर बाट खसाएर फाल्न लागेको भन्ने गोप्य सुचना आएपछि महतरालाई प•क्राउ गरेर ल्याइएको उनले बताए ।
श्रीमान श्रीमती बीच के विषयमा झ•गडा भएको हो भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ । तर उनिहरुबीच पहिले देखि नै झगडा पर्ने गरेको स्थानीयहरु बताउँछन् ।
अभियुक्त महरालाई जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर थप अनुस•न्धानका लागि इलाका प्रहरी कार्यालय लुहाममा राखिएको छ । उनलाई प्रहरीले पशु चौपाया ह•त्या गरेको कसुरमा मु•द्दा चलाउने जनाएको छ ।
फाइल फोटो