जहाँ डाक्टरलाई ब’ला’त्का’र गरेर मा’रे’का थिए, पुलिसले चारैजनालाई त्यहीँ लगेर गो’ली ठोकिदियो

एजेन्सी। महिला डाक्टरको सामूहिक ब’ला’त्का’र’प’छि ह’त्या गरेर श’व जलाउने चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको छ।हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई ब’ला’त्का’र गरेर मारेका थिए।

तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना आरो’पीलाई इन्कान्टर गरिदिएको हो। हैदराबाद पुलिसले चारैजना आरोपीलाई त्यो ठाउँमा लिएर गएको थियो जहाँ महिला डाक्टरको जलेको श’व भेटिएको थियो।पुलिसले चारैजना आरोपीलाई घट’नाको ‘रिक्रिएशन’ गर्नको लागि त्यो ठाउँमा लिएर गएको थियो।यो इन्काउन्टर शुक्रबार बिहान भएको हो। यसअघि महिला डाक्टरमाथि भएको क्रु’रताविरुद्ध देशभर प्रदर्शन भइरहेको थियो।

मानिसहर सडकमा उत्रिएर महिला सुरक्षाका विषयमा प्रश्न उठाइरहेका थिए। पुलिसका अनुसार घट’नाको रिक्रिएशनका लागि लगिएका चारैजना आरोपीले भाग्ने कोसिस गरेपछि चारैजनालाई गो’ली हा’नेर मा’र्नु’प’रे’को थियो।

पुलिसले आरोपीहरुलाई हैदराबादको केराकुल्ली जे’लमा राखेको थियो।जब पुलिसले आरोपीलाई लिएर पुलिस थाना पुग्यो, मानिसहरुले यो कुरा चाल पाए र एकैछिनमा सयौं मानिसहरुले पुलिस चौकी घेरेका थिए।

त्यसपछि पुलिसले त्यो थानाको सुरक्षा बढाएको थियो र पछि चारैजना आरो’पीहरुलाई हैदराबाद जेल ल्याइएको थियो।चारैजना आरो’पीहरुलाई केराकुल्ली सेन्ट्रल जेलको फरक फरक ब्यारेकमा राखिएको थियो।

यो पनि : ६ वर्षको बालिकालाई आमाबुवाले खेल्न प्रोत्साहन गर्छन । विद्यालय जान सिक्ने र प्रारम्भिक शिक्षाको चरण हो ६ कक्षाका उमेरका बालबालिकाले गर्ने कार्य । तर एक ६ वर्षको बालिकाले ८ करोडको घर किनिन् भन्ने कुरा सुन्दा तपाईलाई पक्कै विश्वास लाग्दैन होला । कसैले एउटा घर बनाउन आफ्नो पुरै उमेर खर्चिने गर्छन् । तर कसरी ६ वर्षकी बालिकाले यस्तो कुरालाई सम्भब बनाइन् त ? जुन पढेपछि तपाईलाई खुसी हुने होइन अचम्म पनि लाग्नेछ ।

एक ६ वर्षकी बालिकाले आफ्ना भाइ–बहिनीसँग मिलेर आफ्नो एउटा घर खरिद गरेकी छिन् । यो घरको मूल्य सुन्दा पनि तपाईंलाई अचम्म लाग्ला । ६ वर्षकी बालिकाले अष्ट्रेलियाको मेलवर्नमा करिब ७ लाख डलर पर्ने घर खरिद गरेकी छिन् । ६ वर्षकी बालिकाले खेल्ने कुद्ने समयमा लगभग ८ करोड नेपाली रुपैयाँ पर्ने घर किन किनिन् भन्नेबारे जानकारी लिऔं ।

रुबी, गस र लुसी म्याकलेनन भर्खरै एक घरका मालिक बनेका छन् । मेरो नाम रुबी हो र म ६ वर्षकी भएँ, म आफ्नो पहिलो घर खरिद गर्न जाँदैछु,’ रुबीले सेभेनन्यूजलाई भनिन् । यी तीनका पिता एक प्रोपर्टी इन्भेस्टमेन्ट एक्सपर्ट हुन् र उनैले आफ्ना सन्तानलाई यसो गर्न प्रेरणा दिएका हुन् ।

‘आर्थिक रुपमा यी तिनैजनाले जनही २ हजार डलर सहयोग गरेका छन् । यो रकम उनीहरुले आफ्नो पकेट मनीबाट जोगाएका हुन्,’ पिता क्याम म्याकलेननले भने ।

यो घर र जग्गा मेलबर्नको दक्षिण पूर्वस्थित क्लाइडेमा छ । हाल यसको मूल्य ६७१,००० डलर परेको छ । म्याकलेननले यो मूल्य १० वर्षमा दोब्बर हुने अनुमान गरेका छन् ।

‘यहाँ वरिपरिको जग्गाको मूल्य ७० हजार डलरमा बिक्रि हुन थालिसकेको छ, त्यसैले उनीहरुले राम्रै मूल्यमा जग्गा पाएको भन्नुपर्छ,’ उनले थपे । यी तिनैजनाले यो सम्पत्ति सन् २०३२ मा बेच्ने र त्यसपछि मात्रै आफ्नो नाफा बाँड्ने योजना बनाएका छन् ।

उनीहरुले घरायसी काम गरेबापत् पनि पैसा कमाएका थिए । आफ्ना पिताको सर्वाधिक बिक्रि भएको पुस्तक प्याक गरेबापत् पनि उनीहरुले पैसा कमाएका थिए । ‘यो किताब मेरा सन्तानका लागि हो, उनीहरु अलि बुझ्ने भएपछि यसबारे थाहा पाउनेछन् । सम्पत्तिको पोर्टफोलियो बनाउनका लागि के कस्ता कदम चालिनुपर्छ भन्नेबारे मैले त्यसमा बताएको छु,’ म्याकलेननले भने ।

प्रतिक्रिया दिनुहोस