‘ओलीसँग के कुरा भएको हो’ भन्दै प्रचण्डले विवरण मागेपछि झस्किए खुमलटार पुगेका देउवा !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।ललितपुरको खुमलटारस्थित दाहालको निवासमा पुगेर देउवाले भेट गरेका हुन् । भेटमा एमसीसी पारित गर्ने विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री देउवाले गठबन्धनलाई बचाइराख्न माओवादीको पनि ठूलो भूमिका रहेको भन्दै एसीसीका विषयमा ठोस निर्णय लिन आग्रह गरेको स्रोतले जनाएको छ ।

माओवादीका अध्यक्ष दाहालले आफू चारैतिरबाट घेराबन्दीमा परेको भन्दै केही समय दिन आग्रह गरेको बुझिएको छ ।तर, देउवाले समय दिनेभन्दा पनि एसीसीलाई पारित गराउन सहयोग गरेर गठबन्धन भत्कनबाट बचाउन आग्रह गरेका छन् ।

देउवासँग दाहालले एमालेका अध्यक्ष केपी ओलीसँग के कुरा भएको हो भनेर जानकारी मागेका छन् ।जवाफमा देउवाले प्रमुख प्रतिपक्ष दल एमालेलाई सदनको अबरोध खोलेर एमसीसी पारित गर्न सहयोगका लागि आग्रह गरेको बताएका छन् ।देउवाले ओलीलाई मंगलबार साँझ बालुवाटारमा बोलाएर भेट गरेपछि माओवादीका अध्यक्ष दाहाल झस्किएका छन् ।

त्यसैगरी अमेरिकी सहयोग परियोजना एमसीसीले गर्दा नेपालको राजनीति गिजोलिएकाबेला चीन आ क्रामक देखिएको छ ।अमेरिकाले नेपालमा एमसीसी पारित गराउन धम्कीपूर्ण कुटनीति गरिरहेको चीनले आ रोप लगाएको छ । अमेरिकाले नेपाललाई समयसीमा नै तोकेर एमसीसी पारित गराउन दबाब दिएपछि चीनको परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिएको हो ।

‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ । यसको चीनले प्र तिरोध गर्नेछ ।’– शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने ।

अमेरिकाले आगामी फेब्रुअरी २८ तारिख अर्थात फागुन १६ सम्म एमसीसी पारित नगर्ने फिर्ता लैजाने चे तावनी दिएको प्रधानमन्त्री शेरबहादुर देउवाले नै बताउँदै आएका छन् । अमेरिकासँगको कुटनीतिक सम्बन्ध बिग्रिन नदिन भन्दै एमसीसी पास गर्ने प्रयासमा लागिरहेका छन् ।

नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने परराष्ट्र प्रवक्ता वाङले पत्रकार सम्मेलनमा स्पष्ट गरे ।

यता, नेपालका लागि अमेरिकी राजदूत ¥याडी बेरीले एमसीसीको विषयलाई लिएर हिं सा हुने वा हिं सा भ ड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकान्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिं सा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस