‘बाबुराम र झलनाथलाई लाई ताली बजाउने तर, आफूलाईचाहीँ किन ढुंगाा हानिएको ?’- ओलीकाे प्रश्न

प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे आफूलाई मात्र ढुंगा हानिएको भन्दै प्रश्न गरेका छन् ।शुक्रबार पोखरामा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र झलनाथ खनाललाई ताली बजाउने तर, आफूलाईचाहीँ किन ढुंगाा हानिएको भन्दै अध्यक्ष ओलीले प्रश्न गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘एमसीसी नेपालमा ल्याइपाउm भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् । एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । सभामुखलाई पनि ढुंगा हानिँदैन ।’एमसीसी पास गर्न मरिहत्ते गर्नेहरुलाई कसैले ढुंगा हान्ने तर, आफू बाटो हिँड्दा भने ढुंगाा हानिएकोमा उनले आपत्ति जनाउ । उनले भने, ‘एमसीसी सम्झौता गर्नेहरुलाई कसैले ढुंगा हान्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् । यो के भइरहेको छ?’

यो पनि:-पेट फुल्ने समस्या महिलामा क्यान्सरको सङ्केत हुनसक्ने
पेट फुल्ने समस्या (ब्लटिङ) ओभ्यारीयन क्यान्सरको सबैभन्दा सामान्य लक्षण हो जुन धेरै महिलाहरूलाई थाहा छैन ।अनुसन्धानले पाँचमध्ये चार (७९ प्रतिशत) महिलाहरूलाई ब्लटिङ ट्युमरको सम्भावित लक्षण भएको थाहा नभएको देखाएको छ । पेट फुल्ने समस्याका दर्जनौँ कारणहरू हुन्छन् र प्रायः क्यान्सरको लक्षण हुँदैन । धेरै प्रशोधित खाना, जङ्क फुडको सेवन, गुलियो, दुग्ध पदार्थ, तनाव, रक्सीको सेवन वा पाचन प्रणालीसँग सम्बन्धित समस्या वा मेनोपजका कारण पेट फुल्न सक्छ ।

एक महिनामा १२ पटक पेट फुल्ने लक्षण देखा परेमा यो क्यान्सर हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । त्यस्तै, दुई तिहाइ (६८ प्रतिशत) लाई पेट दुख्ने लक्षण पनि क्यान्सरको सङ्केत भएको थाहा थिएन । अन्य ९७ प्रतिशतलाई सधैँ पेट भरिएको महसुस हुनु क्यान्सरको मुख्य लक्षण भएको थाहा थिएन ।

९९ प्रतिशतले पटक-पटक पिसाब लाग्ने समस्या क्यान्सरको लक्षण हुनसक्छ भनेर सोच्नु आवश्यक ठान्दैनन् । कहिलेकाहीँ झाडापखाला हुने, कब्जियत, अत्यधिक थकान र बिनाकारण तौल घट्ने जस्ता अन्य लक्षणहरू पनि हुन सक्छन् ।सामान्यतया नयाँ, निरन्तर र प्रति महिना १२ पटकभन्दा बढी लक्षण देखिएमा सतर्क हुन जरुरी रहेको द सनमा उल्लेख छ । महिलाहरूले क्यान्सरका लक्षण थाहा पाए प्रारम्भिक चरणमा क्यान्सर पहिचान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस