एमसीसी पास भएको २४ घण्टा नबित्दै नेपाली सेना उत्रियो एक्सनमाः गर्यो यस्तो घोषणा, अब के हुन्छ ?

काठमाडौ, अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि नेपाली सेनाले अर्को कडा कदम चाल्ने भएको छ। सेनाले अहिले सम्मकै आफ्नो शक्ति प्रदशन गर्ने तयारी गरेको छ। सेनाले आफु संग भएका हातहतियार र सैन्य उपकरण बन्द बखातर गाडी पनि पर्दशन गर्ने छ।

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर तीन दिने बृहत् प्रदर्शन गर्ने आयोजना बनाएको छ।

प्रदर्शनमा नेपालका सेना नायक लगायतका तस्बिर, सैनिक ब्यान्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागितासम्बन्धी विषयवस्तु समेटिएको छ।

राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जगेर्ना, पदिक फौज र मद्दति अङ्ग, घोडचढी तथा भैैरववहान गुल्म, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा गतिविधिबारे पर्दशन अवलोकन गरी जानकारी लिन सकिनेछ।

सेनाले फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाउँदैछ। निःशुल्क प्रवेशको सुविधा रहेको सैनिक केन्द्रीय पुस्तकालय अगाडि मैदानमा तीन दिनसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

प्रधानसेनापति प्रभुराम शर्माले प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मी कुराकानी गर्दै गैरसैनिक नागरिक र विद्यार्थीलाई नेपाली सेनाको सङ्गठन, जिम्मेवारी, उपकरण, सैनिक नागरिक सम्बन्ध लगायतका विषयमा जानकारी लिने सन्दर्भमा निकै ज्ञानबर्द्द्क रहने विश्वास व्यक्त गरे।

उनले भने, नेपाली जनतालाई सेनाको गौरवमय इतिहास र वर्तमानबारे एकै स्थानबाट थाहा पाउन सजिलो होस् भन्ने हेतुले प्रदर्शनी आयोजनाको छ।प्रधानसेनापति शर्माले सैनिक नागरिकको सम्बन्ध, नागरिकले सेनालाई सहयोग पुर्याउन सक्ने क्षेत्र र विषय,

विपद्का बेला उपकरणको उचित प्रयोगबारे जानकारी दिने उद्देश्य रहेको प्रदर्शनी अवलोकनबाट बहुपक्षीय फाइदा लिन सकिने उल्लेख गरे। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सेनाबारे समाजका विभिन्न तह र तप्काका व्यक्तिलाई बुझ्न सहयोग मात्र होइन।

सैनिक इतिहास बुझ्न सबैका लागि ज्ञानबर्द्द्क हुने विश्वास व्यक्त गरे। उनले भने, सेनाले जिम्मेवारी निर्वाहका क्रममा विगतदेखि वर्तमानसम्म गरेको उल्लेखनीय कार्यलाई चित्रित गर्ने उद्देश्यले तस्बिर, हातहतियार, पोसाक, संलग्न भएका गतिविधि र आयामलाई प्रदर्शनमा समेटिएको छ।

यो प्रदर्शनले सेनालाई नजिकबाट चिन्न सक्ने र सैनिक नागरिक सम्बन्ध विस्तारमा यो पर्दशन थप योगदान पुर्याउने सेनाले विश्वास लिएको छ। तेस्तै,नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतमा सबै कम्युनिष्ट नेता एमसीसीका पक्षमा भएपनि अहिले चीनको इशारामा त्यसको विपक्षमा उभिएको आरोप लगाएका छन्।

उनले एमसीसी नेपालको हितमा रहेको र विद्युत् शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको समेत बताए। तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै उनले एमसीसीको विरोध गर्न नहुने बताए।

उनले सहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिए। नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएकाले सहिदलाई सदैव सम्मान गर्नुपर्ने बताएका हुन्। स्व।विक्रम परियारको योगदानलाई चिरस्थायी बनाउनुपर्नेमा जोड दिँदै नेता पौडेलले भने।

सहिदको परिवारलाई काँग्रेसले सँधै सम्मान गर्छ। सोही दलका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीले सहिदको उचित सम्मान गर्न नसकेको बताए। उनले काँग्रेसलाई सङ्गठित र व्यवस्थित पार्टी बनाउनुपर्नेमा जोड दिँदै त्यसो भएमात्रै सबै चुनाव काँग्रेसले जित्ने बताए।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले सहिद विक्रम परियारको परिवारलाई उचित व्यवस्थाका लागि पार्टीले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सहिद विक्रम परियारको सालिक र पार्क निर्माणका लागि नगरपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराइएको बताए।

काँग्रेस जिल्ला सभापति जीतप्रकाश आलेले लोकतान्त्रिक आन्दोलनमा ज्यान गुमाएका सहिदलाई पार्टीले सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे। स्व।विक्रम परियार सालिक तथा पार्क निर्माण समितिले रु ११ लाखको लागतमा परियारको अर्धकदको सालिक निर्माण गर्न लगाएको थियो।

व्यास नगरपालिका–१२ का वीर उपरकोटीले सहिद परियारको शालिक निर्माण गरेका थिए। पार्कलाई थप व्यवस्थित गर्न बाँकी रहेको समितिका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिए।

गायन क्षेत्रमा सक्रिय परियारको वि।सं २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मतदान सकिएपछि केही युवाले हत्या गरेका थिए। परियारको जन्म विसं २०३१ जेठ ११ गते बन्दीपुरको हुस्लाङमा भएको थियो।

प्रतिक्रिया दिनुहोस