मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु

काठमाडौं,रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँ मिलचोकमा गएराति मोटरसाइकलबाट ख’से’र १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार तिलोत्तमानगरपालिका १५ पत्थरडाँडाका २३ वर्षीय जितबहादुर थापा रहेका छन्। मोटरसाइकलबाट ख’सेर घाइते भएका उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा गएराति पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैबीच, चितवनको भरतपुर महानगरपालिका ५ यज्ञपुरी चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर १६ का २४ वर्षीय आरजब दराई रहेका छन्। गम्भीर घाइते दराईको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस अस्पतालमा उपचारका क्रममा राति सवा ११ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।गएराति पौने ११ बजे चितवनकै चौबिस कोठीबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१ प ४७८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।

त्यस्तै भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–५ यज्ञपुरी चोकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–१६ का २४ वर्षीय आरजब दराई रहेका छन्। दुर्घटनामा गम्भीर घाइते दराईको भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराती पौने ११ बजे चितवनकै चौबिसकोटीबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१प ४७८८ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय नारायणगढ चितवनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस