मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको कटहरी गाउँपालिका–५ भित्री सडकखण्डमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानिय २२ वर्षिय रबि हजारी थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका थारुको कोशी अस्पतालमा उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार २६ वर्षिय सत्य नारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ । को २९ प ९१९७ नम्बरको मोटरसाईकल सोमबार बेलुकी साढे ८ बजे अनियन्त्रित भई घरको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

सर्लाहीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
सर्लाहीको गोडैता नगरपालिका–१० मा सोमबार राति जिपको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । ठक्करबाट एक जना पैदलयात्री गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रंजिता देबी मंण्डल रहेकी छिन् । उनको अस्पताल लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा ६५ वर्षिया जयकलिया देवी मण्डल गम्भिर घाईते भएकी छिन् । उनको मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । गएराति साढे ९ बजे भारतीय नम्बरको जिपले पैदलयात्रीद्धयलाई एकैसाथ ठक्कर दिएको हो । जिप सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी गोडैताले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस