बैशाख २ कपिलवस्तु । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले यदी माधव नेपाल र झलनाथ खनालले विद्रोह नगरेको भए केपी ओलीले अहिले सम्म गणतन्त्रै समाप्त पारिसकेको अवस्था हुने दाबी गरेका छन् ।
ओलीले मुलुकलाई खाल्टोमा लगेर जाकेको भन्दै माधव र झलनाथहरुले बिद्रोह गरेर प्रतिगमन बिरुद्ध काँग्रेस माओवादी सबै आन्दोलित बनेका कारण त्यो जोगिएको केसीको दाबी छ ।
कपिलवस्तुको वाणगंगामा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष केसीले केपी ओलीको एमाले पनि सर्वोच्चको परमादेशबाटै जन्मिएको बताए ।
एमालेको पद र पार्टीको झगडाको शिकार नेपाली जनता बनेको पनि केसीको आरोप छ ।
कोरोनाले जनता आक्रान्त भएका बेला केपी ओलीले पशुपतिमा एक सय ८ किलो सुनको जलहरी लगाएको भन्दै त्यो भगवानको नभई भारतीय प्रधानमन्त्री मोदीको पूजा गरेको उनको टिप्पणी छ ।
उनले