असार १० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
अरूको भरपर्दा काम बिग्रन सक्छ । सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारिक असमझदारी बीच गरिएको प्रयास व्यर्थ होला । साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । व्यापार व्यवसायमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । हिम्मतले काम लिने समय छ । घरमा सुख समृद्धि बढ्नेछ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् । नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेको लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान् । दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ । खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन् । आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखा पर्न सक्छ । लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । भूमि लगायत स्थायी सम्पत्ति बारे केही विवाद हुन सक्छ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ । पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । टाउको र आँखाको समस्याले दुःख दिन सक्छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दाजुभाईको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ। घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । कृषि र व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ । टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
विभिन्न अवसर प्राप्त भएपनि स्वास्थ्य कमजोर रहन सक्छ । पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला । नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ । मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ । आफ्नो कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढेपनि शुभचिन्तकहरूले साथ दिनेछन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ । सामाजिक प्रतिष्ठा पाइनेछ । मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
शत्रुबाधा, मुद्दा मामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ ।आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ । उद्योगधन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
घर खर्च बढ्नेछ । आयआर्जनमा कमी आउने सम्भावना छ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । स्वास्थ्यमा देखा पर्ने समस्याले सताउन सक्छ । आमाको स्वास्थ्य स्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ । कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ ।

प्रतिक्रिया दिनुहोस