वैवाहिक जीवनमा बाँधिए रमेश प्रसाईं

काठमाडौँ – पब्लिक स्पि’कर रमेश प्रसाई वैवाहिक जीवनमा बाँ’धिएका छन्। फरक क्षमताका प्रसाईंले कालीकोटकी नन्दा सिंहसँग सोमबार धरानमा विवाह गरेका हुन्। स्थायी घर झापा भएका प्रसाईंले परम्परागत विवाह गरेको उनका आफन्तले जनाएका छन्। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जना दृ’ष्टिविहीन छन्। अध्ययन र प्रष्टवक्ता भएका कारण प्रसाईं सामाजिक सञ्जालमा लोकप्रिय छन्। पछिल्लो समय एक टेलिभिजनमा गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि उनको च’र्चा थप चुलिएको थियो।

सिंहले काठमाडौँमा बा’लआश्रम चलाइरहेकी छिन्। त्यस्तै रमेशका साथी जीवन तामाङले पनि जुनु तामाङसँग बिहे गरेका छन्। रमेश र जीवन सँगै बस्दै आएका छन्। उनीहरुले एकै म’ण्डपमा एकै दिन धरानमा बिहे गरेका हुन्। पछिल्लो समय रमेश ‘रिं’केबुङको राँ’गो’बोलको गीतका कारणले च’र्चामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस