संवैधानिक पदमा पदपूर्तिका लागि प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौं, २५ मंसिर । लामो समयदेखि रिक्त संवैधानिक पदमा पदपूर्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सवैधानिक परिषदको बैठक बोलाउनुभएको छ ।

मंसिर २८ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी परिषदको बैठक बोलाउनुभएको हो । बैठकमा संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुने छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तका पद रिक्त छन् भने लोकसेवा आयोग, वित्त आयोग लगायतका संवैधानिक निकायहरुमा लामो समयदेखी पदाधिकारी रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस