अध्यक्ष प्रचण्ड संसदीय दलको नेता चयन

काठमाडौं, पुस ८ गते । प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले उहाँलाई नेता चयन गरेको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले बताउनुभयो ।

अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा अर्का अध्यक्ष प्रचण्ड संसदीय दलको नेता सर्वसम्मत चयन हुनुभएको नेता ज्ञवालीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । मंगलबार बबरमहलस्थित कार्की बाङक्वीटमा बसेको सो पक्षको भेलाले वरिष्ठ नेता नेपाललाई दोस्रो बरियाताको अध्यक्ष चयन गरेको थियो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले आफूलाई विश्वास गरी जिम्मेवारी दिनुभएको भन्दै नेताहरुलाई धन्यवाद ज्ञापन गर्दै विश्वासलाई कायम राख्दै जिम्मेवारी पूरा गर्ने विश्वास दिलाउनुभएको नेता ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस