सुधीर चौधरीलाई सगरमाथा घुमाउने प्रबन्ध गर्नु ओलीको राष्ट्र विरोधी कार्य : नेता रावल

काठमाडौं । नेकपाका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विरोधी जी न्यूजका पधानसम्पादकलाई सगरमाथा भ्रमणको प्रबन्ध गर्नु राष्ट्रहित विपरित कार्य भएको बताएका छन्।

भारतबाट नेपाल आएका चौधरीले बालुवाटार गएर प्रधानमन्त्री ओलीसँग अन्तरवार्ता लिएका थिए। त्यसपछि सगरमाथा बेसक्याम्प पुगेका चौधरीले सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्दै अभियान चलाउने बताएपछि उनको चौतर्फी आलोचना भइरहको छ।

यसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि जिम्मेवार रहेको र यो उनको राष्ट्रहित विरोधी कार्यको अर्को उदाहरण भएको नेता रावलले ट्विटमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस