आन्तरिक उडान संचालनलाई मन्त्रीपरिषद्को अनुमति

काठमाडौं । निषेधाज्ञाका कारण गत बैशाख २० गतेदेखि बन्द रहेको आन्तरीक उडान  ५० प्रतिशत अकुपेन्सी क्षमतामा  संचालन गर्ने तयारी थालिएको छ  । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आधा यात्रु मात्र राखेर आन्तरिक उडान संचालन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुमति दिएको हो । अनुमति पछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडान संचालन गर्ने तयारी थालेको छ ।

मन्त्रीपरिषद्ले अनुमति दिएता पनि उडान कहिले बाट सूचारू हुने भन्ने बिषयमा भने मिति तय गरिएको छैन । मन्त्रीपरिषद्ले दिएको अनुमति अनुरुप सामान्य अवस्थामा हुने उडानको आधारमा ५० प्रतिशतभन्दा बढी क्षमता नबढ्ने गरी आन्तरिक उडान खुला गर्न अनुमति दिइएको छ ।

मन्त्रीपरिषद्ले अनुमति दिएपनि जिल्ला प्रशासन कार्यलय भने संक्रमण दर ५% मा नझरुञ्जेल आन्तरिक उडान र सार्वजनिक यातायात संचालन गर्न नदिने पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस