चार तला बाट हामफालेर भागे सुधार गृहका ४ बालक

काठमाडौं । विराटनगरस्थित बाल सुधार गृहमा राखिएका चार जना बालक तीन तलाबाट हाम फालेर फरार भएका छन् । भागेका ४ जनामध्ये एकजनालाई भने प्रहरीले प्रकाउ गरेर पुंन सुधार गृह पठाएको छ ।भागेका ती बालकलाई प्रहरीले विराटनगरको दूध फारमबाट पक्राउ गरेको हो । भागेका अन्य तीन जना भने अझैसम्म फरार रहेको र फेला पार्न नसकिएको बाल गृहका इन्चार्ज मिलन चौहानले जानकारी दिएका छन् ।

फरार हुनेमध्ये तीन जना जवरजस्ती करणी मुद्दाको कैद सजाय भोगीरहेका थिए भने एक जनालाई हातहतियार खरखजना मुद्दामा पुर्पक्षका लागि सुधार गृहमा राखिएका थियो ।

भागेकामध्ये जबर्जस्ती करणी मुद्दाका झापा घर भएका बालक पक्राउ परेका हुन् । सङ्खुवासभा, उदयपुर र ओखलढुंगा घर भएका तीन जना भने अझै फरार छन् ।मोरङ प्रहरी निमित्त प्रमुख डीएसपी मञ्जिल मुकारुङले उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए । स्रोतका अनुसार गए राति (शनिबार बिहान करिब पौने ३ बजे) सुधार गृहको तीन तलामाथिबाट हामफालेर चारै जना भागेका थिए ।

 

प्रतिक्रिया दिनुहोस